Wednesday , December 13 2017
Home / Australia / पुष्कर शाहलाई डार्विनका मन्त्रीको सम्मान

पुष्कर शाहलाई डार्विनका मन्त्रीको सम्मान

बाशुदेव मरहठ्ठा
डार्विन/ विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुषकर शाह अस्ट्रेलिया को डार्विनमा त्यहाका बहुसास्कृतिक मामिला मन्त्री पिटर स्टायल्स द्वारा सम्मानित भएका छन। नेपाली एसोसियसन अफ नर्दन टेरिटोरिले आयोजना गरेको कार्यक्रममा मन्त्री स्टायल्स लाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको थियो। विश्व साइकल यात्री शाह को सम्मान तथा नेपालको ग्रेट हिमालय क्षत्रमा इ- लाइब्रेरी बनाउने उनको योजना लाई सघाउन आईतवार २० जुलाई का दिन भएको कार्यक्रममा डार्विनका नेपाली तथा अन्य समुदायका प्रतिनिधि हरु पनि उपस्थित थिए।Puskar shah

औपचारिक तथा अनौपचारिक गरी दुई चरणमा भएको सो कार्यक्रममा शाह ले आफ्नो विश्व साइकल यात्राका क्रममा भोगेका बिभिन्न अनुभव हरु सुनाएका थिए। शाह को सन १९९८ मा दोलखा बाट यात्रा सुरु गरे देखी सन २०१० मा सगरमाथा आरोहण गरे सम्मका भिभिन्न तस्बिर र अनुभब हरुको प्रस्तुतिले कार्यक्रम लाई निक्कै रोमान्चक बनाएको थियो। साइकल मा १५० देश घुमीसकेका शाह को अफ्रिका मा लुटिदा देखी न्युजिल्यान्ड मा साइकल चोरी हुँदा र मेक्सिको मा अपहरणमा पर्दा सम्म का दर्दनाक घटनाहरुले उपस्थित सबैको ध्यानाकर्शण गराएको थियो। आफ्नो प्रस्तुती को अन्त्यमा शाहले मुगू जिल्लामा साइकल हेर्न भनेर दौडिएका केटाकेटी हरुको द्रिश्य देखाउदै साइकल समेत नदेखेका ति बाल बालिका हरुलाई संसार देखाउन इ- लाइब्रेरी बनाउने योजनामा आफु लागेको बताएका थिए। कार्यक्रम को सुरु देखी अन्त्य सम्म बसेका मन्त्री पिटर स्टायल्सले शाह को अर्थ सन्कलन मा सहयोग गर्न इच्छुक रहेको बताउदै विश्वमा शान्ति फैलिरहोस् भनेर उनले गरेको विश्व साइकल यात्राको प्रसङ्सा गरेका थिए। कार्यक्रम मा सोही दिन एक हजार डलर भन्दा बढी रकम सङ्कलन भइसकेको छ भने नेपाली तथा अन्य समुदाय बाट सहयोग आउने क्रम पनि जारी छ।

_MG_3482
एन ए एन टि का अध्यक्ष गणेश अधिकारिको सभापतित्व मा सम्पन्न सो कार्यक्रममा अतिथी हरुलाई स्वागत गर्दै एन ए एन टि का पुर्व अध्यक्ष तथा कलाकार नितेश राज पन्त ले विश्व साइकल यात्री शाह को योगदान को चर्चा गर्नु भएको थियो। कार्यक्रमका अतिथी हरुमा,मन्त्री स्टायल्सका सल्लाह्कार तथा जनसंपर्क अधिक्रित लिन्डा फजाल्डिन, फिलिपिनो अस्ट्रेलियन एसोसियसनका अध्यक्ष्य ओस्कार पारीयन र एन आर एन – नर्दन टेरिटोरी राज्यका सङ्योजक प्रकाश आचार्य हुनुहुन्थ्यो। सो कार्यक्रम को सङ्योजन संचारकर्मी बासुदेव मरहट्ठाले गर्नु भएको थियो। शाहको सम्मानमा यस अघी मेलबर्न, एडिलेड र एलिसस्प्रिङ्गमा पनि कार्यक्रम भइसकेको छ भने ब्रिज्बेन, पर्थ र सिड्निमा पनि उनलाई सम्मान गरिदै छ।_MG_3476

कार्यक्रम का अतिथी हरुमा एन आर एन – नर्दन टेरितोरी राज्य का सङ्योजक प्रकाश आचार्य, । संसारको सबैभन्दा लामो र उचाइमा रहेको ग्रेट हिमालय ट्रेल मा इ- लाइब्रेरी बनाउन शाह बिगत तिन महिना देखी साइकलमा अस्ट्रेलिया चक्कर लगाउदै छन। ग्रेट हिमालय ट्रेल पुर्व ताप्लेजुङ् देखी पश्चिम दर्चुला सम्म फैलिएको छ। शाह र उनको टोलीले गतबर्ष ४५ दिनमा साइकलबाटै सो ट्रेल पार गरेका थिए।

Comment