Tuesday , December 12 2017
Home / Sports / भारतीय क्रिकेटर भिभिएस लक्ष्मण आज नेपाल आउँदै

भारतीय क्रिकेटर भिभिएस लक्ष्मण आज नेपाल आउँदै

VVS-Laxman-Delights-at-Under-Challenge-Conditionsभारतीय चर्चित क्रिकेटर भिभिएस लक्ष्मण आज सोमबार काठमाडौ आइपुग्ने भएका छन् । काठमाडौमा सोमबार सुरु हुने सगरमाथा जर्नी टु वर्ल्डकप एक दिवसीय क्रिकेट प्रतियोगिताको अवलोकन गर्न उनी नेपाल आउन लागेका हुन् ।उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग पनि भेट गर्ने कार्यक्रम पनि रहेको छ |

युएई बाट फर्के लगत्तै नेपाली क्रिकेट टिम सगरमाथा जर्नी टु वर्ल्डकप एक दिवसीय प्रतियोगिता खेल्दै छ | यस प्रतियोगिताको उद्घाटन खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार भारतको एयर ईन्डियासंग प्रतिस्पर्धा गर्दैछ ।

किर्तिपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान नौ बजेपछि प्रतियोगिता सुरु हुनेछ । भारतको एयर इन्डिया टोलीमा ईन्डियन प्रिमियर लिग आईपीएल र रणजी ट्रफी खेल्ने खेलाडीहरु रहेका छन् ।

एक दिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीका लागि यो प्रतियोगिताले महत्वपूर्ण सहयोग गर्ने नेपाल क्रिकेट संघ क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताउनुभयो ।

प्रतियोगितामा भारतका एयर इन्डिया र दिल्ली वन्डर्स तथा सिंगापुरको टोली सहभागी हुनेछन् । राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले २२ गते शनिवार फाइनल खेल खेल्नेछन् । जोरा इन्टरनेशनलको आयोजनामा हुने प्रतियोगिता हेर्नका लागि ३ सय र एक हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

आज नै नेपाली क्रिकेट टोली प्रतियोगितामा व्यस्त हुने भएकाले खेलाडी लाई सम्मान तथा नगर परिक्रमाको कार्यक्रम बुधबार गरिने भएको छ |

Comment