Thursday , December 14 2017
Home / Featured News / अमेरिकी राष्ट्रपतिले दिए नेपाली नयां वर्षको शुभकामना

अमेरिकी राष्ट्रपतिले दिए नेपाली नयां वर्षको शुभकामना

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाली नागरिकलाई नयाँ वर्ष २०७१ सालको शुभकामना दिएका छन् । राष्ट्रपति ओबामाले शनिबार विज्ञप्ति जारी गर्दै अमेरिकी नागरिक र आफ्नोतर्फबाट सम्पूर्ण नेपाली नागरिकलाई नयाँ वर्ष (विक्रम संवत्)को शुभकामना दिएको विदेशमन्त्री जोन केरीले जानकारी गराएको नेपालका संचार माध्यमहरुले लेखेका छन् । Barack_Obama,_official_photo_portrait,_111th_Congress

‘नेपाली नयाँ वर्षले सम्पूर्ण नेपालीमा सुखशान्ति प्राप्त होस, बितेको वर्ष नेपालले महत्वपूर्ण अवसर प्राप्त गरेको छ, संविधानसभाको निर्वाचन प्रजातान्त्रिक तवरले सम्पनन्न भएको छ । मलाई विश्वास छ, नयाँ वर्षमा नेपालले अझ प्रगति र राजनीतिक स्थायित्व प्राप्त गर्नेछ,’ ओबामाले भनेका छन् । उनले नेपालले एक वर्षभित्रै नयाँ संविधान पाउने र त्यसले मुलुकलाई शान्तिको मार्गमा लैजाने अपेक्षासमेत गरेका छन् ।

Comment