Tuesday , December 12 2017
Home / Featured News / संसारको उत्कृष्ट रेस्टुरेन्टमा डेनमार्कको नोमा घोषित

संसारको उत्कृष्ट रेस्टुरेन्टमा डेनमार्कको नोमा घोषित

logo-w5brसुरज प्रधान
अत्याधुनिक खानपिनप्रेमी अर्थात्  फाइन डाईनिंग क्षेत्रका लागि ओस्कार सरह रहेको सन् २०१४ को सान पलेग्रिनो दि वर्ल्ड’ज बेस्ट फिफ्टी रेस्टुरेन्ट अवार्ड  २८ अप्रिल ८ बजे राति लन्डनस्थित गिल्ड हलमा एक भब्य समारोहगरी सम्पन्न भएको छ l
डेनमार्कको कोपेन्हेगेनस्थित नोमा रेस्टुरेन्टका सेफ रेने रेड्जेपी यो वर्ष फेरी आफ्नो गुमेको उत्कृष्ट पगरी लिन सफल भएका छन् l नोमा लगातार तीन  वर्ष ( सन् २०१०,२०११ र  २०१२ ) संसारकै उत्कृष्टमा पर्दै आएको थियो, भने गत वर्ष २०१३ मा स्पेनको जिरोनामा रहेको सेफ दाजुभाई रोका ब्रदर्सहरुको एल सेलर डे कान रोका नामक रेस्टुरेन्ट उत्कृष्ट भएको थियो, जुन रेस्टुरेन्ट यो वर्ष नं २ मा झरेको छ l

को हुन् रेने रेड्जेपी ?

सन् १९७७ डिसेम्बर १६ मा एक गरिब परिवारमा जन्मिएका रेने रेड्जेपी बाल्यकालमा आफ़ो र आफ्नो परिवारको खर्च जुटाउन पत्रिका बेची स्कुल जान्थे l एक दिन स्कुलको खाना प्रतियोगितामा अनायासै पुरस्कृत भए पश्चात उनीमा खाना प्रतिको शौख अझ बढेको थ्यो भनि उनले धेरै अन्तर्वार्तामा बताएका छन् l सन् १९९८ मा उनले तत्कालिन संसारकै उत्कृष्ट रेस्टुरेन्ट एल बुलि ( स्पेन )मा एक वर्षका लागि काम गरे,त्यसपछि चार महिना अमेरिकन सेफ थोमस कलरसँग काम गरे लग्ग्तै डेनमार्क फर्की त्यहाको नामुद रेस्टुरेन्ट कोङ्ग हंस केल्दरमा काम गरे l सन् २००४ मा मात्र उनले डेनिश सेफ क्लाउस मेएरसँग मिलि अन्तत नोमा रेस्टुरेन्टको जन्म दिए l रेस्टुरेन्ट खोलेको २ वर्ष भित्र संसारको ३३ न. मा समेट्न सफल भए l त्यसपछिको वर्षहरुमा उनको रेस्टुरेन्टले सफलता पाउदै गई सन् २०१० मा फलत संसारको नम्बर १ हुन पुगे l
noma4स्क्यानडेभीनियन र नोर्डिक क्षेत्रको प्राकृतिक सामग्रीहरुलाई खानामा प्रयोग गर्दै न्यु नोर्डिक कुजिन मुभमेन्ट ( अभियान ) उनले सेफ क्लाउससँग मिलि शुरुवात गरे l उनले सफलता तब महशुस गरे जब उनी २०१२ टाइम्स सर्वश्रेष्ठ १०० जनामा परे l

के हो सान पलेग्रिनो दि वर्ल्ड’ज बेस्ट फिफ्टी रेस्टुरेन्ट अवार्ड ?

लन्डनमा रहेको रेस्टुरेन्ट नामक म्यागजिनले सन् २००२ देखि दिदै आएको यो अवार्ड संसारकै प्रतिथिष्टीत रेस्टुरेन्टकोहरुको सुची हो, जसको जुरीमा संसारकै नामुद ९०० जना सेफ,रेस्टुरेन्ट धनि, फुड क्रिटिकहरुको समुह छ l सान पलेग्रिनो नामक पानीको ब्राण्डले यो अवार्ड प्रायोजन गर्दै आएको छ l
सन् २०१४ को अवार्डको आकर्षण
सी.एन.एन. का प्रबन्धक रिचार्ड भाइनका अनुसार यो अवार्ड ‘ धेरैको  आलोचना खेप्ने अवार्ड भएतापनि सबै यो सुचीमा पर्न चाहने एउटा ब्युटी कन्टेस्ट सरह हो’ l
noma5ब्रिटिश सेफ फर्गास हेण्डर्सनलाई यो वर्षको लाईफ टाइम अचिभमेन्ट प्रदान गरिएको थियो l सेन्ट जोन रेस्टुरेन्टका सेफ हेण्डर्सन ‘ हेड टु टेल ‘ पाककलाको राम्रो ज्ञाता हुन् l यसै गरि यो वर्षको आकर्षणहरुमा केहि महिना सिंगापुरमा घोषणा गरिएको अर्को संस्करण एशियन फिफ्टी बेस्ट रेस्टुरेन्ट अवार्ड रह्यो, जुन गत वर्षबाट एशियाका रेस्टुरेन्टलाई केन्द्रित गरि शुरुवात गरिएको थियो l बैंककको थाई कुजिन केन्द्रित नाह्म रेस्टुरेन्ट यो वर्षको उत्कृस्ट एशियन रेस्टुरेन्टमा आफ्नो नाम पार्न सफल रह्यो भने जापानको नारिसवा दोश्रो र बैकककै भारतीय रेस्टुरेन्ट गगन उत्कृष्ट तेस्रो बन्न सफल भएको थियो l
त्यसै गरि उत्कृष्ट महिला सेफमा भने ब्राजिलको मानी रेस्टुरेन्टकि सेफ हेलेना रिज्जो भएकी थिइन् l
त्यसैगरि अस्ट्रेलियाबाट अघिल्लो वर्षमा दुई वटा रेस्टुरेन्टहरु उत्कृष्ट ५० मा पर्न सफल भएका थिए भने यो वर्ष मेलबर्नमा रहेको रेस्टुरेन्ट एतिका ( सेफ बेन सेवरी ) मात्र  न. ३२ मा पर्न सफल भएको छ l
सान पलेग्रिनो दि वर्ल्ड’ज बेस्ट फिफ्टी रेस्टुरेन्ट अवार्ड २०१४ का विजेता उत्कृष्ट १० रेस्टुरेन्टहरु
१. नोमा, कोपेंहेगेंन, डेनमार्क
२. एल सेलर डे कान रोका, जिरोना, स्पेन
३. ओस्तेरिआ, मोदेना, ईटाली
४. ईलेभन मेडिसन पार्क, न्यु योर्क, अमेरिका
५. डिनर बाई हेसटोंन ब्लुमेनथोल, लन्डन , यु. के.
६. मुगारित्ज़ , सान सेबासतियान, स्पेन
७. डि.ओ. एम्. , सान पाउलो, ब्राजिल
८. अर्जाक,सान सेबासतियान, स्पेन
९. एलिना, शिकागो, अमेरिका
१०. दी लेद्बरी , लन्डन, यु. के.
लेखक प्रधान अस्ट्रेलियाको सिड्नीमा सक्रिय शेफ तथा अष्ट्रेलियाको नेपालीपत्रमा खानपिन स्तम्भका लेखक हुन् ।

Comment