Sunday , November 19 2017
Home / Australia / डार्विनको तीज (फोटो फिचर)

डार्विनको तीज (फोटो फिचर)

बासुदेव मरहठ्ठा/ जताततै तिजको लहर चलिरहदा डार्विनबाशी महिलाहरुले पनि यसपटक को  तीज लाई बिशेष रुपमा मनाएका छन। नेपाली एसोसियसन अफ नर्दन्टेरिटोरी ले आयोजना गरेको तीज बिशेष प्रतियोगीतामा महिला  हरु रमाइलो गरी नाचेनन मात्र डार्विन मा पहिलो पल्ट भएको तिज गीत प्रतियोगिता मा भाग पनि लिए। गत शनिबार २३ तारिक चार्ल्स डार्विन युनिभर्सिटिमा भएको तिज बिशेष कार्यक्रम लाई अझै रोमान्चक बनाउन एन ए एन टि ले तिज गीत गायन लाई प्रतियोगीतत्मक बनाइ गायन र न्रित्य तर्फ उत्कृष्ट हुने लाई पुरश्कार को ब्यबस्था पनि गरेको थियो। IMG_0322

प्रतियोगीतामा डार्विनमा छोरा छोरी भेट्न आउनु भएका आमा हरुको समुहले पनि आफ्नो पाला का पुराना तिजगितहरु सुनाएर सबै लाई नचाएका थिए। प्रतियोगिता मा गायन तर्फ कामना भट्टराई सहित को अनु कडेल चापागाइ, देबकी कडेल पौडेल, शुशिला पाण्डे कडेल, शान्ती रेग्मी कडेल र सन्जिता खरेल सहितको समुह पहिलो, राजेश्वरी रेग्मी ले नेत्रित्व गर्नुभएको समिता बस्नेत, पुन्य प्रभा लामिछाने, गीता पाण्डे, दुर्गा ढकाल बन्जारे सहितको समुह दोश्रो भएको थियो भने न्रित्य तर्फ शान्ती रेग्मी कडेल ले पुरस्कार जित्नु भएको थियो। IMG_0320
प्रत्यक्ष्य वाध्य बादन सहित भएको सो प्रतियोगीताको निर्णयक अस्ट्रेलिया भ्रमण का लागि आउनु भएका पाका संचारकर्मी चिरण बराल हुनुहुन्थ्यो। कार्यक्रम को अन्त्यमा निर्णयक बराल ले पहिले र अहिले को तीज को समिक्ष गर्दै बिदेश को तीज अझै बिशेष रहेको बताउनु भयो। आयोजक ले उपस्थित महिला हरुको फ्री फोटो सेसन गर्नुका साथै फुड स्टल को ब्यबस्था पनि गरेको थियो। सो प्रतियोगितामा झन्डै २०० को सन्ख्यामा  महिलाहरु को उपस्थिती रहेको आयोजक ले बताएको छ। IMG_0315

Comment