Friday , December 14 2018
Home / Tag Archives: Australia

Tag Archives: Australia

अमिन दुई हप्ता पछि विवाह गर्दै थिए

छुरा प्रहारबाट मृत्यु भएका अमिन स्थापित दुई हप्ता पछि विवाह गर्दै थिए । सिड्नीमा बसेर नर्सिङ पेशा गर्दै आएकी योञ्जन थरकी महिला संग स्थापितको विवाहको कुरा छिनिसकिएको थियो ।  विवाहका लागि नेपालको काठामाण्डौ लाजिप्पाटबाट आफन्तहरु अर्को हप्ता सिड्नी आउदै थिए । सथै साथीहरुले चांडै नै विवाहको पार्टी आयोजना गर्ने पक्का गरिसकेका थिए । अस्ट्रेलियाको विभिन्न संचारमाध्यमहरुले फोटो सहित यो समाचारलाई ... Read More »

राजदुत नेपालद्धारा फिजीमा ओहोदाको प्रमाणपत्र पेश

प्यासिफिक टापु देश फिजी गणतन्त्रका लागि नेपाली राजदुत रुद्र कुमार नेपाल ले त्यहााको राष्टपति रथु इपेली नैलाटिकु समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । शुभा स्थित राष्ट्रपति निवासमा नोभेम्वर ५ मंगलवार आयोजित विशेष समारोहमा राजदुत नेपालले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । नवनियुक्त राजदुत नेपाललाई स्वागत गर्दै राष्ट्रपति नैलाटिकुले नेपाल र फिजी बहु सास्किृतिक, धार्मिक र जातिय समाज भएका विकाससिल ... Read More »

मेलवर्नको घोडा दौड ओलिभरले जिते

विश्वभर चर्चित घोडा दौड “मेलवर्न कप”को उपाधी घोडचडी (जकी) डामिन ओलिभर ले  हात पारेका छन् ।  । यो संगै उनले तेस्रो पटक यो उपाधी जितेका हुन् । ६ नाम्बरको कालो रङको गाइ वाटरहाउस  घोडाको साथमा ओलिभरले यो उपाधि चुम्न सफल भएका थिए । मंगलवार मेलवर्नको फ्लेमिङ्टनमा रहेको रेस कोर्समा भएको अन्तिम प्रतियोगितामा  ३२ सय मिटर लामो रेस कोर्स दौडेर ग्रीन ... Read More »

सिड्नीमा एन आर एनको देउसी भैलो

एनआरएनए न्यु साउथ वेल्स राज्यको आयोजनामा अष्ट्रेलियामा रहेका नेपालीहरुले देउसी-भैलो खेल्न सुरु गरेका छन् । शनिबार सिड्नीमा रहेका नेपालीहरुले कोग्रा, रकडेल, हर्सभिल र ब्लाकटाउनमा देउसी खेलेका हुन् । टोलीले हर्सभिलमा रहेको एनआरएनए आइसीसीका प्रवक्ता मन केसीको घरमा समेत देउसी खेलेका थिए । देउसी टोलीलाई तपेन्द्र थापा, हरि लामिछाने, चुरा बेलबासे, नारायण खनाल, मन केसी, बद्री अर्याल,  युवराज भट्टरार्इ,  मुक्ति रोक्का,  ... Read More »

अष्ट्रेलियामा गजल सन्ध्या

नेपाली साहित्यलाई प्रवासमा उत्थान र प्रवर्द्धन गर्नै उद्देश्यका साथ अष्ट्रेलियाका सिड्नीमा गजल सन्ध्या सम्पन्न भएको छ । अलङकार नाम दिइएको उक्त कार्यक्रममा यहाँ रहेर साहित्य सिर्जनामा लागि परेका करिब २ दर्जन साहित्यकारहरुको सहभागिता रहेको थियो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज सिड्नीको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकारहरुले विभिन्न विधाका गजलहरु प्रस्तुत गरेका थिए । अष्ट्रेलियामा नेपाली साहित्यलाई अझ उचाई दिने उद्देश्यका ... Read More »

साहित्यकार जगदिश घिमिरेको निधन

अन्तरमनको यात्रा नामक पुस्तकका रचनाकार तथा मदन पुरस्कार विजेता साहित्यकार जगदीश घिमिरेको ६८ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि मल्टिपल माइलोमा नामक रगतको क्यान्सरबाट पीडित घिमिरेको ओम अस्पतालमा आज बिहान करिब ६ बजे निधन भएको अस्पताल सूत्रले जनाएको छ । घिमिरेको अन्त्येष्टि पशुपति आर्यघाट गरिने बताइएको छ । मल्टिपल माइलोमा क्यान्सरले पुनः असर गर्न थालेपछि घिमिरे ... Read More »

अस्ट्रेलियनले लगाए दशैको टीका

सिड्नीमा बसोवास गर्ने अष्ट्रेलियनहरुले नेपालीहरु नेपाली संस्कृतिलाई सम्मन गर्दै दशैको टीका लागाएका छन् । लायन्स क्लव अफ सिड्नी होष्ट र महाबाणिज्यदुतको कार्यालय न्युसाउथ वेल्सको आयोजनमका दशै टिका कार्यक्रम भएको हो ।  १३ अक्टोवार आइतबार नवरात्रिको दिन नेपाली माहाबाणिज्य दुत दिपक खड्काको उप्रथितिमा लाइन्स क्लबका सदस्यहरुलाई दशैको टीका लगाउनुको साथै र आर्सिवाद दिएको थियो । कार्यक्रमा दशैको साास्कृतिक महत्व र परम्पराबारे ... Read More »

अस्ट्रेलियन पर्यटक नेपालमा सर्पदंशको सिकार

नेपालमा सर्पदंशको सिकार बनेकी एक अस्ट्रेलियाली पर्यटक औषधी अभावमा आफ्नै मुलुक फर्किनु परेको छ । नेपाल भ्रमण आएका बेला पोखरा घुम्न जाँदा गोमन साँपले डसेपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अस्पतालमा एन्टी भेनम औषधि नहुँदा ५७ वर्षकी पेशाले नर्स र हेकी डेलमेन राइनको झण्डै ज्यान गएको थियो । गत सेप्टेम्बर २८ मा सर्पले डसेपछि डेलमेन उपचारका लागि अस्पतालमा भर्ना भएको ... Read More »

कतारमा भएको श्रम शोषणको अस्ट्रेलियामा विरोध (फोटो फिचर)

कतारमा नेपाली कामदार माथि भएको श्रम शोषणको विरुद्धमा  अष्ट्रेलियाको सिड्नी र मेलवर्नमा प्रदर्श भएको छ । अक्टोवर २६ शनिवार सिड्नीको टाउनहलमा भेला भएका नेपालीहरुले श्रमिक अधिकारको पक्षमा नारा लगाउादै शहरको विभिन्न भागको परिक्रमा गरेका थिए । यस्तै आइतवार मेलवर्नको स्टेट लाइवेरी अगाडि भेल भएका मेलवर्नबासि नेपालीले कतारमा नेपाली माथि भएको श्रम शोषणको विरोध गरे । सिड्नी कार्यक्रम संयोजक मोनिका रन्जितकारका ... Read More »

अष्ट्रेलियामा नेपालीको फार्म

अष्ट्रेलियामा वसोवास गर्ने नेपालीहरु ईन्जिनियरिंग, चिकित्सा, नर्सिंग, प्राध्यापन, पर्यटन, श्ािक्षा, हस्पिटालिटी, हाउजिंग, शैक्षिक परामर्श लगायत विभिन्न पेशा र ब्यवसायमा संलग्न रहादै आएको पाईन्छ । यस्तै विभिन्न स्थानमा सयौं नेपालीहरु फार्ममा समेत काम गर्दै आईरहेका छन् । हाल आएर कृषी ब्यवसायलाई पनि नेपालीहले आफ्नो पेशाको रुपमा सुरु गरेका छन् । यसको अग्रपंक्तिमा आफुलाई उभाउन सफल भएका छन् युवराज के.सी. । दक्षिणपूर्वी ... Read More »