Monday , December 18 2017
Home / Nepal / पुरिएर मृत्यु हुनको संख्या २७ पुग्यो

पुरिएर मृत्यु हुनको संख्या २७ पुग्यो

सिन्धुपाल्चोकको माङ्खामा सुनकोसी नदीमाथि खसेको पहिरोमा पुरिएर मृत्यु हुनको संख्या २७ पुगेको छ । स्काभेटर र डोजरलगाएर बेपत्ताहरुको पहिरोले पुरिएको स्थानमा खोजी गर्दा सोमबार मात्रै १७ शव भेटिएको हो । १७ मध्ये ११ महिला, ३ पुरुष र ३ बालकालिका छन् ।flood

 शनिबार बिहान गएको पहिरोमा बेपत्ताहरुको खोजी कार्य अझैं जारी छ । पहिरोले पुरिएको स्थानमा नेपाली , सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य जारी राखेका छन् ।

 पहिरोले सुनकोसी नदि थुनिदा एकसय ५० बढी बेपत्ता भएका थिए । पहिरोले माङ्गा र राम्चे गाविसको तीन वस्ती बगाएको थियो । राम्चे गाविसको इचिनी भन्ने ठाउँबाट पहिरो सुरु भएको थियो ।

 सुनकोसी खोलामा पहिरो खसेर ५ सय मिटर अग्लो बाँध बनेको छ । बाँध नाघेर सुनकोसीको पानी बगे पनि जमेको पानीको सतह घटेको छैन् ।

Comment