युइन्डुमु, सेन्ट्रल अष्ट्रेलिया / सिन्धुपाल्चोकको सुनकोशी बाढी-पहिरो पीडितहरुका लागि आर्थिक सहयोग पुर्याउने उद्देश्यले , अष्ट्रेलियाको मध्यभागमा अवस्थित एक सानो गाउँ युइन्डुमुमा रहेका दुइ नेपाली पविारले आफ्नै निवासमा ९१० अगष्ट० साँझ “फन्ड राइजिइ्ग डिनर” आयोजना गरेका छन् । मधु पन्थी, दिवा भुसाल, बिप्लब सापकोटा र नमिता पोखरेलले आयोजना गरेको उक्त कार्यक्रममा युइन्डुमु गाउँमा कार्यरत शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी झण्डै १५ अष्ट्रेलियन नागरिकहरूको सहभागिता रहेको थियो । विभिन्न नेपाली परिकारहरू मात्रै राखिएको सो कार्यक्रममा सहभागीहरूलाई सुनकोशी को बाढी-पहिरोको वस्तुगत अवस्थाको बारेमा समेत जानकारी गराइएको थियो ।
सो कार्यक्रमबाट करिब चारसय अस्ट्रेलियन डलर संकलन भएकोमा आयोजनकहरुले एक सय ५० डलर थप गरि पांच सय ५० नेपाली ५० हजार रुपैया गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले स्थापना गरेको बाढी-पहिरो पीडित राहात कोषमा जम्मा गरिएको पन्थीले सिमापारी डटकमलाई बताए । गैर आवासिय नेपाली संघ अस्ट्रेलियाले सुनकोशी बाढीपढितको सहयोगका लागि अस्ट्रेलियामा अर्थ संकलन कार्यक्र गरिरहेको छ ।
युइन्डुमुको बारेमा
सेन्ट्रल अष्ट्रेलिया अवस्थित युइन्डुमु गाउँमा झण्डै एक हजार आदिवासीहरू बसोबास गर्छन् । यो गाउँमा विभिन्न संघसंस्था तथा कार्यालयमा कार्यरत झण्डै एकसय जना गैरआदिवासी छन् भने मात्र दुई नेपाली परिवार । सो गाउँ नर्दन टेरिटोरीमा पर्छ जुन डार्विनदेखि १५०० कलोमिटर दक्षिण-पश्चिम र एडिलेडदेखि १८०० किलोमिटर उत्तरमा पर्छ । यो गाउँबाट नजिको बजार एलिस-स्पिइ्ग हो जुन ३०० किलोमिटर टाढा छ ।