Thursday , December 14 2017
Home / Entertainment / बदलियो ऋतुमा बिजय (म्युजिक भिडीयो सहित)

बदलियो ऋतुमा बिजय (म्युजिक भिडीयो सहित)

अस्ट्रेलियाको सिड्नीमा बसेर ब्यवसाय गर्दै आएका बिजय पोखरेल रंगक्षेत्रमा सक्रिय हुन थालेका छन् । पछिल्लो समय हेमन्त राना र सन्दिप विश्वकर्माको स्वर तथा निस्प्रभ सजीको रचनामा बनेको म्युजिक भिडियो बदलियो ऋतुमा पोखरेलको अभिनयलाई धेरैले प्रसंसा गरेका छन् । उत्सव केसीको निर्देशन बनेको यो म्युजिक भिडियोमा पोखरेलका अतिरिक्त तराना खुंगर, बाल कलाकार अग्रता रेग्मीको साथै आधा दर्जनजति सिड्नीका स्थानिय विदेशि कलाकारहरुको अभिनय रहेको छ ।
एल्पस इन्टरटेनमेन्ट र अपिल विष्ट फिल्मसले निमार्ण गरेको यो म्युजिक भिडियो गीत मनोज अधिारीको निर्देशनमा बनेको चलचित्र ऋतुको शिर्ष गीतपनि हो । यसैबीच यो म्यजिक भिडियोको शुक्रवार भारतिय गायक निराज सिद्दर (बम्बै भाईकिङ) ले बिमोचन गरेका थिए । उक्त समारोहमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषदका सचिव रन्जु थापा, गैर आवासिय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, सचिव भरत पोखरेल, पत्रकार ऋषि आचार्य, गीतकार निस्प्रभ सजी, फिल्म निर्देशक मनोज अधिारी, नेपइन्डो डान्स ग्रुपकी उषा बरिया लगायत भारतिय तथा नेपली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सिड्नीको टाउनहलमा शनिवार साँझ निराजको कन्सर्ट रहेको छ ।

म्युजिक भिडियो हेर्न तलको लिंकमा जानुहोला ।

Comment