Friday , December 15 2017
Home / Featured News / के कस्ता रेकर्डहरु भए जर्मनी र ब्राजिलको खेलमा

के कस्ता रेकर्डहरु भए जर्मनी र ब्राजिलको खेलमा

फिफा विश्वकप २०१४ को पहिलो सेमिफाइनल खेलमा जर्मनिले ब्रजिललाई ७-१ ले हराउन सफल भएको छ | नेय्मार र कप्तान थिएगो सिल्भाविना नै मैदान उत्रिएको ब्राजिल रक्षण र आक्रमण दुबइ निकै फितलो देखिएको थियो | जर्मनिले ब्रजिलमाथि लगातार दबाब कायम राख्दै खेलको ३० मिनेट भित्र ५ गोल गरेको थियो | जर्मनीका लागि थमस मुलरले ११ मिनेटमा पहिलो गरे| २३ मिनेटमा क्लोज्ले दोस्रो गोल गरे भने तेस्रो र चौथो गोल टोनी क्रुसले २४ र २६ मिनेटमा गरे |समी खेदिराले २९ मिनेटमा गोलको सन्ख्या थप्दै पाँच पुर्याए |
जर्मनिले आफ्नो आक्रमण दोस्रो हाफमा पनि जारी राख्यो र आन्द्रे सर्लेले ६९ र ७९ मिनेट दुई खेल थप्दै ब्राजिललाई ७-० ले पछी पार्दै ब्राजिललाई खेलमा फर्कन असम्भव बनाये | ब्राजिलको लागि अन्तिम सान्तन्वा गोल ओस्करले ९० मिनेटमा गरे| जर्मनिले खेल ७-१ ले जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल रह्यो | फाइनलको अर्को स्थानको लागि अर्जेन्टिना र नेदर्ल्यान्ड भिद्दै छन |

सेमिफाइनलमा सर्वाधिक गोल

जर्मनीले ७ गोल गर्दै वर्ल्डकपको सेमिफाइनलमा सर्वाधिक गोल गर्ने रेकर्ड बनाएको छ |

सर्वाधिक गोल्कर्ताको रेकर्ड

अर्को रेकर्ड भने जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजले राख्न सफल भएका छन | उनले वर्ल्ड कपमा आफ्नो गोल सन्ख्या १६ पुर्याउदै आफुलाई सर्वाधिक गोल्कर्ताको अग्रस्थानमा सफल भएका छन | उनले ब्राजिलकै रोनाल्डोलाई पछी परेका हुन|

ब्राजिलको अहिले सम्मकै नराम्रो पराजय

ब्राजिलको टिम लग्भग सय बर्ष पहिले उरुग्वे सँग ६-० सँग पराजित भएको थियो त्यस्पछी लगातर राम्रो प्रदर्शन गर्दै आएको ब्राजिल १९९८ मा फ्रान्ससँग ३-० ले स्तब्ध भएको थियो |

आयोजकको नराम्रो पराजय

१९५८ मा स्विट्जल्यान्डले आयोजना गर्दा स्विट्जर्ल्यान्ड अस्ट्रियासँग ५-७ ले पराजित भएको थियो भने अहिले ब्राजिल जर्मनीसँग ७-१ ले पराजित भएको छ |

मुलरद्वारा जर्मनीको २००० गोल

थमस मुलरले जर्मनीको २०००ओु अन्तरास्ट्रिय गोल गरेका छन |

सबैभन्दा छिटो ४ गोल

वर्ल्डकप ईतिहास जर्मनिले सर्वाधिक छिटो ४ गरेर अर्को रेकर्ड कायम गरेको छ | जर्मनिले खेलको २३ मिनेट र २९ मिनेट भित्र अर्थात छ मिनेट भित्र चार गोल गरेको थियो |

सबैभन्दा छिटो दुई ब्यक्तिगत गोल

टोनी क्रुसले ६९ सेकन्ड भित्र २ गोल गरेर वर्ल्ड कपमा सबैभन्दा छिटो २ गोल गर्ने खेलाडीको रुपमा किर्तिमान राख्न सफल भएका छन |

रिप्ले र हाइलाइट्स हेर्नुस्

Comment