Friday , December 15 2017
Home / Australia / पुष्कर शाहसंग पर्थका नेपालीहरुले साक्षत्कार गर्ने

पुष्कर शाहसंग पर्थका नेपालीहरुले साक्षत्कार गर्ने

पर्थ/ अस्ट्रेलियाको यात्रामा हिडेका विश्व साईकल यात्री पुष्कर शाहसंग पश्चिम अस्टे्रलियाका नेपालीहरुले साक्षात्कार गर्ने भएका छन् । आगामि १० अगष्ट आइतवार अपरान्ह ३ बजे द राइज २८ एट्थ एभिन्यु मेल्याण्डस पर्थमा यो कार्यक्रम हुन लागेको हो ।pushkar_shah

“कफि विद पुष्कर शाह” नाम दिईएको यो कार्यक्रमको मुख्य आयोजक गो नेपाल ट्राभल एण्ड टुर रहको छ । कार्यक्रमलाई स्थानिय सामुदायिक संस्थाहरु नेपाली एसोसियसन अफ वेस्टर्न अस्ट्रेलिया, एनआरएनए वेस्टन अस्ट्रेलिया राज्य समिति, पर्थमाण्डु र हाम्रो इन्टरनेट रेडियोको साथ रहेको छ । पर्थबाट पत्रकार दिक्पालदेव पंगेनीले दिएको जानकारी अनुसार कार्यक्रममा शाहले विश्व साइकल यात्राका शाहसिक र मुटु छुने अनुभव तथा भोगाईहरु साट्ने छन् । साथै शाहले नेपालको दुर्गम हिमाली जिल्लाहरुमा पुस्तकालय बनाउन शुरुगरेको अभियानको बारेमा पनि प्रस्तुति गर्ने पंगेनीले बताए ।

एक महिना अघि अस्ट्रेलियाको सिड्नीबाट साइकल यात्रा शुरु गरेका शाहले क्यानबेरा, मेलवर्न, एडिलेट, एलिसपि्रङ, डार्विनको यात्रा गरिसकेका छन् । सगरमाथा आरोही समेत रहेका शाहले विश्वका एक सय ५० भन्दाबढी देशमा साइकलबाट यात्रा गरेका छन् ।

Comment