Monday , December 18 2017
Home / Featured News / उपचारपछि प्रधानमन्त्री स्वदेश फिर्ता

उपचारपछि प्रधानमन्त्री स्वदेश फिर्ता

प्रधानमन्त्री शुशिल कोइराला न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा फोक्सोको क्यान्सर उपचार अन्तर्गत लक्षित विकिरण चिकित्सा गराएर मगलवार फर्किएका छन । उनले यहि केन्द्रमा करिव सात वर्ष अघि जिव्रोको क्यान्सरको शल्यक्रिया गराएका हुन । उनी साढे ८ बजे त्रिभुवन बिमानस्थल आइपुगेका हुन् ।

‘प्रधानमन्त्रीज्यु अव ठिक हुनुहुन्छ’, कोइरालाको उपचार प्रकृया अन्तर्गत नै अमेरिका गएका बरिष्ठ छाति रोग विशेषज्ञ प्रा.डा.करवीरनाथ योगीले ईकान्तिपुरसँग भने, ‘उहाको फोक्सोको क्यान्सरको लागि लक्षित विकिरण चिकित्सा गरिएको छ ।’

प्रधानमन्त्रीको उमेर, धूमपान लगायत अन्य समस्याले गर्दा फोक्सोमा स-साना धेरै परिवर्तन देखिएकाले क्यान्सर सेन्टरका विशेषज्ञहरुले शल्यक्रिया को सट्टा विकिरण चिकित्सा गरिएको हो । अमेरिका जानु अघि सम्म उनको उपचार प्रकृयामा संलग्न चिकित्सकहरुले पहिलो प्राथमिकतामा शल्य चिकित्सालाई नै राखेका थिए ।

७५ वर्षीय कोइराला फोक्सोमा सानो गाँठो (नोडुल) देखिए पछि क्यान्सरको आशंकामा चिकित्सकको सल्लाह अनुसार थप उपचारको लागि ३७ दिन अघि अमेरिका गएका थिए । अमेरिकामा उनको विकिरण चिकित्सा असार १८ गते देखी शुरु  भएको थियो । चिकित्सकहरुले उनलाई पाच चक्र विकिरण चिकित्सा दिए । विकिरण चिकित्सा पछि उनको फोक्सोमा देखिएको सेतो दाग धेरै कम भएको पाइएको थियो । प्रधानमन्त्रीलाइ केहि दिन आराम गर्न दिइएको सल्लाह अनुसार विकिरण चिकित्सा समाप्त भएको १३ दिन मुलुक फर्किएका हुन ।

‘मुल कुरा कोइरालाको शरिरमा विकिरण उपचारले कति सकारात्मक परिवर्तन ल्यायो भन्ने हो’,प्रधानमन्त्रीको उपचार प्रकृयालाई नजिक वाट नियालिरहेका एक जना वरिष्ठ चिकित्सकले भने-‘उहाको बढी उमेर, दम, अन्य शारिक समस्याले गर्दा उपचार पछिको अवस्था वारे तत्काल नै कुनै दाबी गर्नु गार्हो छ ।’ कोइरालालाई तिन महिना पछि पुनः चिकित्सकिय सल्लाह लिनु पर्छ ।

प्रधानमन्त्रीलाइ लक्षित विकिरण चिकित्सा गरिएकोले यस प्रकृयावाट क्यान्सर भएका कोष वाहेक अन्य स्वस्थ कोष सके सम्म न्युन प्रभावित भएको योगी बताउछन । विकिरण चिकित्सा अन्तर्गत क्यान्सर देखिएका कोषहरुमा उच्च ऊर्जाको विकिरण दिएर गाठोको आकारलाइ घटाइनुको साथै क्यान्सर कोषलाई मारिन्छ । विकिरण चिकित्साले डिएनएलाई नष्ट गरेर क्यान्सरको कोषलाइ मार्छ ।

Comment