Sunday , November 19 2017
Home / Australia / भलिबल प्रतियोगिताको सेमीफाइनल खेल आज हुने

भलिबल प्रतियोगिताको सेमीफाइनल खेल आज हुने

बाग्लुलङ अस्ट्रेलिया कम्युनिटिीको आयोजनामा संचालन भैरहेको पहिलो लिग भलिबल प्रतियोगिताको सेमीफाइनल खेल आज आइतवार २४ अगष्टमा हुने भएको छ । सेमीफाइनलको पहिलो खेल म्याग्दी र पोखरा भलिबल क्लब बीच हुँदै छ भने दोस्रो खेल बाग्लुङ र जलजलाबीच हुने प्रतियोगिता संयोजक एवं आयोजक संस्थाका अध्यक्ष टिका कार्कीले सिमापारी डटकमलाई बताए ।balgung volleyball

सेमी फाइनलमा विजयी दुई टिम बीच आउने ३१ अगस्टमा फाइनल खेल हुनेछ । पहिलोपटक आयोजना भएको बुद्ध ट्राभल बाग्लुङ रनिङ सिल्ड भलिबल प्रतियोगितामा सिड्नीमा रहेका ६ वटा भलिबल क्लवहरुको सहभागित रहेको थियो ।

प्रतियोगितामा पहिलो हुनेले १२ सय डलर नगद, कप मेडल र रनिङ सिल्ड पुरस्कार पाउने छन् । दोस्रो हुने टिमले ७ सय डलर नगद पाउने छन् । फाइनल खेलको दिनमा स्थायिन कलाकारहरुको प्रस्तुति रहने छ । एक हुट्टाले निकै सुन्दर नृत्य देखाउदै आएकी रोमु न्यौपानेले पनि उक्त दिन नृत्य गर्ने बताईएको छ ।

Comment