Friday , December 15 2017
Home / Australia / सिड्नीमा नेपाली विद्यार्थी मृत भेटिए

सिड्नीमा नेपाली विद्यार्थी मृत भेटिए

सिड्नीको दक्षिण रकडेलमा रहेको एक होटलमा नेपाली विद्यार्थी मृत अवस्थामा फेलापरेका छन् । सिड्नीमा बसेर अध्यययन गर्दै आएका नेपाली विद्यार्थी राजीव शाक्य रकडेलको ग्राण्ड होटलमा मृत अवस्थमा फेलापरेको सेन्ट जर्ज प्रहरीले पुष्ठी गरेको छ ।

नेपाली विद्यार्थीको मृत्युको कारण बारे अझै अनुसन्धान भैरहेकोले अनुसन्धान पछिमात्र थप जानकारी आउने प्रहरीले जनाएको छ । २९ बर्षिय शाक्यको शव प्रहरीले अप्रिल ८ मंगलवार विहान पौने चार बजे होटलको कोठामा फेला पारेको थियो । अहिले शाक्यको शवको परिक्षण भैरहेको मृतकका नजिकका आफन्त बिजय शाक्यले सिमापारी डटकमलाई बताए ।

शक्यको नेपलमा रहेका आफन्तलाई घटनाको बारेमा जानकारी गराई सकिएको छ भने शव नेपाल पठाउन आवश्यक प्रक्रिया अगाडि बढाईएको छ । शाक्यका सिड्नीमा रहेका आफन्तहरुले शव नेपाल पठाउन आवश्यक सहयोग गर्न नेपाली दुतावास क्यानवेरा र गैर आवासियन नेपाली संघ अस्ट्रेलियालाई आग्रह गरेका छन् । नेपालमा धरान घर भएका शाक्य ७ वर्ष अघि अस्ट्रेलिया आएका थिए । उनी सिड्नीको प्यासिफिक कलेजमा अध्ययन गर्दै थिए ।

One comment

Comment