Wednesday , December 13 2017
Home / Nepal / नेपाली क्रिकेटर टोलीको विदाई, थुप्रै पुरस्कारको घोषणा

नेपाली क्रिकेटर टोलीको विदाई, थुप्रै पुरस्कारको घोषणा

आइसिसी विश्व ट्वान्टी–२० छनोटमा सहभागी हुन आइतबार राती युएई जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गर्दै निजी क्षेत्रका विभिन्न कम्पनीहरुले विश्वकपमा छनोट भएमा विभिन्न पुरस्कारको घोषणा गरेका छन्।

नेपाली आइसिसी विश्व ट्वान्टी-२० मा छनोट भएको खण्डमा खेलाडीहरुले गाडी, नगद तथा प्रायोजन पाउने छन् | भोइथ, एस ट्राभल्स, एचएच बजाज, मेगा बैंक, एफवान सफ्ट, गोल्ड स्टार जुत्ता, युनिलिभर र किंग्स कलेज लगायतका कम्पनीहरुले करिब रु.५४ लाखको पुरस्कारको घोषणा गरेका छन् | उधोग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवंम पञ्चकन्याका प्रवन्ध निर्देशक प्रदीपकुमारले नेपाली टोलीका कप्तान पारस खड्कालाई र युवा उधमीहरुको संस्था एनवाइइफले उपकप्तान ज्ञानेन्द्र मल्ललाई शुभकामनासहित नगद १,१ लाख प्रदान गरे |

के के पाउने छन् त खेलाडीले ?

नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष एवं भोइथ ग्रुपका अध्यक्ष सुरज बैद्यले नेपाल ट्वान्टी–२० विश्वकपमा छनोट भएमा टोलीबाट उत्कृष्ट खेल्ने एक खेलाडीलाई टोयटा कार दिने घोषणा गरेका छन्| त्यसै गरि विश्वकपमा छनोट भएमा ७ कम्पनीले २–२ र किंग्स कलेजले १ खेलाडीलाई २ वर्ष सम्म व्यक्तिगत प्रायोजन गर्ने छ। जसअनुसार खेलाडीले प्रतिमहिना १५ हजार रुपैया पाउने छन्। त्यस्तै मोडल भिसा कन्सलटेन्सीले समूह चरणका हरेक खेलमा म्यान अफ द म्याचमा चुनिने नेपाली टोलीका प्रत्येक खेलाडीलाई २५ हजार प्रदान गरिने घोषणा गरेको छ । पञ्चकन्याका प्रदीपकुमार श्रेष्ठले विश्वकपमा छनोट भएर आए खेलाडीले नसोचेको पुरस्कार प्रदान गर्ने घोषणा गरे । त्यसै गरि नेपाली क्रिकेट फ्यान क्लबले पनि नेपाली खेलाडीलाई नगद पुरस्कारले सम्मान गर्ने जनाएको छ | नेपाली क्रिकेट फ्यान क्लबले व्यक्तिगत ५० रन बनाएमा रु. ५०००, व्यक्तिगत १०० रन बनाएमा रु. १००००, तीन विकेट लिएमा रु. ५००० र पांच विकेट लिएमा रु. १०००० नगद दिने जनाएको छ | साथै पुरस्कार राशी र विधा आगामी दिनमा अझै थप गर्दै जाने पनि क्लबले जनाएको छ|

कसको प्रायोजक को?

भोइथ, एस ट्राभल्स, एचएच बजाज, मेगा बैंक, एफवान सफ्ट, गोल्ड स्टार जुत्ता, युनिलिभरले २–२ र किंग्स कलेजले १ खेलाडीलाई २ वर्ष सम्म व्यक्तिगत प्रायोजन गर्ने छ। जसअनुसार खेलाडीले प्रतिमहिना १५ हजार रुपैया पाउने छन्। खेलाडीको छनोट गोलाप्रथाद्वारा गरिएको थियो |

भोइथ पारस खड्का, जितेन्द्र मुखिया
एस ट्राभल्स बसन्त रेग्मी, महेश छेत्री
एचएच बजाज अनिल मण्डल, शरद भेसाव्कर
मेगा बैंक सुबाश खकुरेल, अमृत भट्टराई
एफवान सफ्ट प्रदीप ऐरी, अविनाश कर्ण
गोल्ड स्टार जुत्ता ज्ञानेन्द्र मल्ल, राहुल बिश्वकर्मा
युनिलिभर शक्ति गौचन, बिनोद भण्डारी
किंग्स कलेज सागर पुन

 

नेपालको खेल तालिका 

नेपाल समूह ‘बी’ मा अफगानिस्तान, नेदरल्यान्ड्स, स्कटल्यान्ड, केन्या, डेनमार्क, बर्मुडा र पपुवा न्यु गिनीसँगै रहेको छ । समूह ‘ए’ मा आयरल्यान्ड, क्यानाडा, युएई, नामिबिया, हङकङ, युगान्डा, अमेरिका र इटाली छन् । समूहका शीर्ष दुई टोली अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० लाई सोझै छनोट हुनेछ । प्रत्येक समूहबाट शीर्ष पाँच टोली दोस्रो चरणमा पुग्ने छन् । नेपालले शुक्रबार डेनमार्कसँग खेलेर प्रतियोगिताको प्रारम्भ गर्नेछ।

नोभेम्बर १५, शुक्रबार बिरुद्ध डेनमार्क, आइसिसी एकडेमी ग्राउण्ड २, दुबई

नोभेम्बर १६, शनिबार बिरुद्ध केन्या, आइसिसी एकडेमी ग्राउण्ड २, दुबई

नोभेम्बर १८, सोमबार बिरुद्ध स्कटल्याण्ड, आइसिसी एकडेमी ग्राउण्ड २, दुबई

नोभेम्बर १९, मंगलबार बिरुद्ध पपुवा न्यु गिनी, शारजाह क्रिकेट स्टेडियम

नोभेम्बर २०, बुधबार बिरुद्ध नेदरल्याण्ड, शारजाह क्रिकेट स्टेडियम

नोभेम्बर २२, शुक्रबार बिरुद्ध अफगानिस्तान, शारजाह क्रिकेट स्टेडियम

नोभेम्बर २३, शनिबार बिरुद्ध केन्या, आइसिसी एकडेमी, दुबई

प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुभाषप्रसाद खकुरेल, अनिल मण्डल, अविनाश कर्ण, प्रदीप ऐरी, विनोद भण्डारी, वसन्त रेग्मी, शरद भेसवाकर, शक्तिप्रसाद गौचन, जितेन्द्र मुखिया, अमृत भट्टराई, सागर पुन, राहुलकुमार विश्वकर्मा र महेश क्षेत्री रहेका छन् । जितेन्द्रले सिनियर राष्ट्रिय टोलीमा पहिलोपटक अवसर पाएका हुन् भने महेशले पुनरागमन गरेका हुन् । नेपाली टोलीको प्रशिक्षकमा पुबुदु दासानायके छन् ।

Comment