Monday , December 18 2017
Home / Sports / विश्वकपमा सहभागी हुन नेपाल आज हंगकंगसँग भिड्दै

विश्वकपमा सहभागी हुन नेपाल आज हंगकंगसँग भिड्दै

युएईमा चलिरहेको ट्वान्टी ट्वान्टी विश्वकप छनोट क्रिकेटमा नेपालले बुधबार हङकङसंग प्रतिस्पर्धा गर्दैछ ।

आजको खेल जितेमा नेपाल पहिलो पटक विश्वकप क्रिकेट खेल्न पाउने भएकाले नेपालका लागि आजको खेल निकै महत्वपूर्ण छ । आजको  खेल जितेमा नेपाल आउँदो चैत २ गतेदेखि (१६ मार्च सन् २०१४) बंगलादेशमा हुने ट्वान्टी ट्वान्टी विश्वकपका लागि छनोट हुनुका साथै यस प्रतियोगिताको सेमिफाइनलमा अफगानिस्तानसँग भिड्ने छ |

खेल नेपाली समय अनुसार दिउँसो ११:४५ बजे र सिड्नी समयानुसार दिउँसो ५ बजे अबुधावीको जायद क्रिकेट स्टेडियममा हुनेछ ।

समूह चरणमा खेलेका ७ खेल मध्ये ४ खेल जितेर नेपाल समूह बी मा तेश्रो बन्दै अघिल्लो चरण प्रवेश गरेको हो । हङकङ ५ खेल जितेर समूह ए मा दोश्रो भएको थियो ।

ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपाल र हङकङवीच अहिलेसम्म भएका ४ खेलमा दुबै टिमले २/२  खेल जितेका छन् । हङकङ राम्रो टोली भएकाले खेल जित्न पुरा शक्ति लगाउने नेपाली टोलीका कप्तान पारस खड्काले बताएका छन् ।

नेपाल र हङकङबीचको खेल स्टार स्पोर्ट्स, एनटिभी प्लस र सिमापारी.कमले प्रतक्ष्य प्रशारण गर्ने छ |

Comment