Friday , December 15 2017
Home / Sports / नेपाललाई भाग्यको दोहोरो साथ, नेपाल विश्वकप खेल्न एक जितमात्र टाढा

नेपाललाई भाग्यको दोहोरो साथ, नेपाल विश्वकप खेल्न एक जितमात्र टाढा

56764

भनिन्छ क्रिकेट कौशलको खेल मात्रै नभई अनिश्चितता र भाग्यको खेल पनि हो | अन्तिम बलमा जे पनि हुनसक्ने क्रिकेटमा अन्तिम क्षणमा नेपाललाई भाग्यले  दह्रो साथ दिएको छ | यसैका साथ् नेपालको विश्वकप मा पुग्ने सम्भावना बलियो भए आएको छ | शनिबार बर्मुडाबिरुद्धको खेलमा नेपालले जित हासिल गरेर आफुलाई ग्रुप बि को अंकतालिकामा तेस्रो स्थानमा ल्याएको थियो तर नेपालको अगाडी तेस्रो स्थानमै रहिरहने प्रशस्त चुनौतिहरु भने अवश्य थियो  र नेपालले अरु खेलहरुमा भर पर्नु परेको थियो |

आइतबार भएको अफगानिस्तान बिरुद्ध केन्याको खेल र स्कटल्याण्ड बिरुद्ध डेनमार्कको खेल भाग्यबश नेपालको पक्ष्यमा जान पुग्यो | जसले गर्दा अंक र नेट रनरेटको आधारमा नेपाल अंकतालिकाको तेस्रो स्थानमै रहीरहन सक्यो | अफगानिस्तान केन्या सँग हारेको खण्डमा केन्या राम्रो रनरेटको आधारमा तेस्रो हुन्थ्यो र नेपाल तेस्रो स्थानबाट तल धकेलिने थियो जसले नेपालको विश्वकप यात्रा कठिन हुन जान्थ्यो | अफगानिस्तानले केन्या बिरुद्ध १४८ को मध्यम लक्ष्यमात्र प्रस्तुत गर्न सक्यो र केन्याका अनुभवी ब्याट्सम्यान स्टिव टिकोलोको विस्फोटक ब्याटिंगले पहिलो २ ओवरमै ३१ रन बनाएपछि नेपालको सम्भावनामा तगारो आउने हो कि भन्ने थियो तर  अफगानिस्तानका स्पिनर समिउल्लाह शेन्वारिले अफगानिस्तानलाई खेलमा फर्काए र अन्त्यमा अफगानिस्तानले ३४ रनले खेल जित्यो र केन्याले अंकतालिकाको पाँचौ स्थान चित्त बुझाउन पर्यो |

त्यसैगरी अर्को खेलमा पनि नेपाललाई भाग्यले राम्रै साथ् दियो | स्कटल्याण्ड र डेनमार्क बीच भएको खेलमा, स्कटल्याण्डले डेनमार्कलाई ७५ रनले पराजित गर्न सफल भएपनि उसको नेट रनरेट भने ०.३७९३ मात्र हुन पुग्यो | तर नेपालको नेट रनरेट भने ०.३७९४ अर्थात ०.०००१ ले बढी भएकोले नेपाल तेस्रो स्थानमै रहिरहन सफल भयो | स्कटल्याण्डले यदि १ बढी रनले मात्र जित हासिल गर्न सकेको भए नेपालले तेस्रो स्थानमा रहने थिएन |

तर नेपाललाई विश्वकप खेल्नलाई भने अझै एउटा जित निल्काल्नु पर्ने छ | यसको लागि नेपालले बुधबार हंगकंग सँग भिड्दैछ | यदि सो खेलमा नेपालले विजय हात पारेमा नेपाल सोझै विश्वकपको लागि छानिनेछ तर सो खेलमा नेपाल हारेमा पुन एक मौका पाउनेछ जसमा जित निकालेमा नेपाल विश्वकपमा सहभागी हुन सक्नेछ र त्यसमा पनि हारेमा नेपालको विश्वकपको यात्राको सम्भावना समाप्त हुनेछ |

बुधबारको खेल सिड्नीको समयानुसार साँझ ५ बजे हुनेछ र नेपालको समयानुसार बिहान ११:४५ बजे हुनेछ |  सिमापारी.कम.एयु ले सो खेलको प्रतक्ष्य प्रशारण गर्ने छ |

Comment