Sunday , November 19 2017
Home / Australia / कस्तो हुंदैछ सिड्नीको नेपाल फेष्टिभल ?

कस्तो हुंदैछ सिड्नीको नेपाल फेष्टिभल ?

सिड्नी— प्रत्येक दुई वर्षमा सिड्नीको डार्लिङ हार्वरमा हुँदै आएको नेपाल फेष्टिभल यो वर्ष आउने सेप्टेम्वर ६ शनिवार सुरु हुँदैछ। गैर आवासिय नेपाली संघ अस्ट्रेलिया न्यु साउथ वेल्स राज्य समितिको संयोजनमा नेपाली दुतावास क्यानवेरा, महाबाणिज्यदुतको कार्यालय न्यु साउथ वेल्स र सिड्नीका सामुदायिक संस्थाहरुको सहकार्यमा यो फेष्टिभल हुन लागेको हो। नेपाल र नेपालीलाई अस्ट्रेलियाको मूल प्रवाहको समुदायसँग परिचित गराउनु यो फेष्टिभलको मुख्य उद्देश्य रहेको छ।10393692_709560315798850_6566314766347072419_n (1)

नेपाली गीत संगीत, नृत्य, खानाका परिकारहरु, हस्तकलाका समान र नेपालीको ब्यवसायबारे जानकारी फोष्टिभलको मुख्य आकर्षण रहेको छ। यो वर्ष नेपाल फेष्टिभललाई भब्य बनाउन २२ वटा बिभिन्न तयारी समितिहरु बनाईएको छ। फेष्टिभलमा अस्टेलियाको सत्तारुढ लिभरल र विपक्षी लेवर पार्टीका केन्द्रिय नेताहरु, बिभिन्न देशका राजदुतहरु, अस्ट्रेलियन नेपाली मित्रहरु र हजारौं नेपाली सहभागी हुने फेष्टिभल संयोजक हरि राम्जिालीले  बताए ।

फेष्टिभलमा ३२ वटा स्टल राखिने छ। ती मध्ये १० वटा फुड स्टल रहेने छन्। बाँकी २२ वटा स्टलहरुमा विभिन्न ब्यवसियक क्षेत्रलाई छुट्याएको छ। एउटा नेपाल हाउस स्टल हुनेछ यो सानो नेपाल हो जहाँ नेपललाई चिनाउने हस्तकलाका सामानहरु, नेपालका पर्यटकिय क्षेत्र, परम्परा, रितिरिवाज प्रदर्शन गरिने छ।

नेपालबाट आएका कलाकारहरु निमा रुम्बा, अनिल सिंह, लोक गायक शिशिर देबकोटाको प्रस्तुति रहने छ। साथमा एक खुट्टाले मात्र नच्ने क्षमता भएकी रोमु न्यौपानेको नृत्य प्रस्तुत गर्नेछिन्। स्थानीय कालकारहरुको गायन, नृत्य रहने छ। कार्यक्रम स्थलमा नियमित रुपमा लाखे र इन्द्र जात्रामा देखाइने गणेश (हात्ती)को नाच पनि देखाइनेछ। सन् २००६ देखि शुरु भएको नेपाल फेष्टिभलमा हरेक वर्ष दर्शकको सहभागिता बढ्दैछ। आयोजकका अनुसार अघिल्लो वर्ष ३० हजारले यो महोत्सव अवलोकन गरेका थिए ।

Comment