Monday , December 18 2017
Home / Sports / नेपाल हंगकंगलाई पराजित गर्दै टि२० विश्वकपमा प्रवेश (फोटो फिचर र भिडिओ हाइलाइटस सहित)

नेपाल हंगकंगलाई पराजित गर्दै टि२० विश्वकपमा प्रवेश (फोटो फिचर र भिडिओ हाइलाइटस सहित)

 

अन्तिम बलमा लक्ष्य भेटाउँदै नेपाल आगामी वर्ष बंगलादेशमा आयोजना हुने आइसीसीको २० ओभर क्रिकेटको विश्वकप मा छनोट भएको छ। संयुक्त अरब इमिरेट्समा बुधबार भएको प्ले अफमा अन्तिम बलमा लक्ष्य पूरा गर्दै विश्वकप यात्रा तय गरेको हो

नेपालले १४४ रनको लक्ष्य अन्तिम बलमा पुरा गरी हङकङलाई पाँच विकेटले पराजित गर्‍यो। सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको नेपालले सिनियरतर्फ विश्वकप क्रिकेट खेल्न सकेको थिएन। यसबीचमा नेपालले छ पटक यु–१९ विश्वकप भने खेलेको छ ।

यो जीतसँगै नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग भिड्ने छ।

अन्तिम बलमा जीतका लागि एक रन आवश्यक थियो। शरद भेषवाकरले एक रन लिएर नेपाललाई ऐतिहासिक सफलता दिलाए। त्यस अघि नेपाललाई जीतका लागि अन्तिम ओभरमा १३ रन आवश्यक थियो। शरदले सुरूका दुई बलमा १० रन जोडेर नेपालको जीत आधार सहज बनाएका थिए ।

नेपालको पारीमा कप्तान पारस खड्काले ४६, ज्ञानेन्द मल्लले ३०, सागर पुनले २२ र सुभाष खकुरेलले १६ रनको योगदान गरे। खेल विजेता पालीका लागि कप्तान पारस खड्का ‘म्यान अफ द म्याच’ घोषित भए।

त्यस्तै शरदले सात बलमा एक चौका र एक छक्काको मदतमा १३ रन जोडे। पहिलो विकेटका लागि ३१ रनको साझेदारी गरी नेपालले गतिलो सुरूवात गरेको थियो। ज्ञानेन्द र पारसबीच तेस्रो विकेटका लागि ३३ रनको साझेदारी भयो।

पारसले भने “हामीले जिवनकै महत्वपुर्ण क्षण हात पारेको छौं| हामीले सानैबाट देखेको सपना आज पुरा भएको छ | गएको २ बर्षमा सबै खेलाडीले कडा वर्ल्ड क्रिकेट लिग र टवेन्टि२० को लागि निकै मेहेनत  गरे र आवस्यक पर्दा सबैले आफ्नो तर्फ बाट योगदान दिए | हामि धेरै खुशी छौँ |”

यस अघि हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४३ रन जोडेको थियो। हङकङका वाकस बकार्त, निजाकत खान र तनविर अफजलले समान २५ रन जोडे। १९ औं ओभरमा १८ रन जोडेर हङकङले चुनौतीपुर्ण योगफल तयार गरेको थियो।

सन् २००७ देखी टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले सन् २०११ पछि यस स्वरूपको क्रिकेटमा सफलता हात पार्न थालेको थियो। दुई वर्ष अघि नेपालमै आयोजना भएको एसिसी टि–ट्वान्टी क्रिकेटमा घरेलु टोली पहिलोपटक सेमिफाइनल मात्र पुगेन पहिलो पटक विश्वकपको विश्वस्तरको छनोटमा पनि सहभागिता निश्चित गर्‍यो। १६ टोली सहभागी विश्वस्तरको छनोटमा नेपाल सातौं भएको थियो जबकी शिर्ष दुई टोली मात्र विश्वकपका लागि छानिएका थिए।

त्यसपछि यसैवर्ष नेपालमै आयोजना भएको एसिसी टि–ट्वान्टीमा फाइनल पुगेर नेपालले विश्वस्तरको छनोटमा लगातार दोस्रो पटक यात्रा तय गरेको थिय । १६ टोलीले प्रतिस्पर्धा गरेको यस छनोटमा शिर्ष छ टोलीले विश्वकप खेल्ने भएपछि नेपालको सम्भावना बलियो देखिएको थियो। नेपालले अब १० टेस्ट टोली र यस छनोटबाट जाने शिर्ष छ टोली सहभागी हुने विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।

नेपालले केही समय पछि एकदिवसीय विश्वकपका लागि समेत विश्वस्तरको छनोट खेल्दैछ।

नेपाल बिरुद्ध हंगकंग खेलको हाइलाइट

 क्रिकेट खेलाडीलाई जनही १० लाख दिन सिफारिस 

Comment