Friday , December 15 2017
Home / Featured News / शरदको आक्रामक ब्याटिंगले नेपालले युएई लाई हरायो

शरदको आक्रामक ब्याटिंगले नेपालले युएई लाई हरायो

basantaregmiनेपाल युएईलाई हराउदै आइसिसी टि२० विश्वकपको छनौटमा तेस्रो भएको छ | युएई ले दिएको १३१ रनको लक्ष्य नेपालले १९.२ ओवरमा भेट्टायो | अन्तिम ओवरमा जितको लागि ११ रन चाहिएकोमा शरद भेसावकरले पहिलो दुइ बलमै दुइटा छक्का हानेर नेपाललाई विजय दिलाएका थिए | शरदले यस अघि पनि केन्या र हंगकंग सँगको खेलमा अन्तिम ओवरमा छक्का प्रहार गर्दै नेपाललाई जिताएका थिए |

नेपाल मार्च २०१४ बंगलादेशमा हुने आइसिसी ट्वेन्टि २० विश्वकपको पहिलो राउन्डमा पुगेको छ | शरद भेषावकरले २९  बलमा ४३ रनको महत्वपुर्ण योगदान दिए भने अनिल मण्डलले ८ बलमा १३ रन बनाएर साथ् दिए | सुभाष खकुरेल ४६ बलमा ३८ रन र सागर पुनले १८ बलमा १९ रन बनाएका थिए भने ज्ञानेन्द्र मल्लले ४ र कप्तान पारस खड्काले २ रन मात्र जोड्न सके | त्यसगरी म्यान ओफ द म्याच चुनिएका बसन्त रेग्मीले ४ ओवरमा १६ रन दिदै युएइको ४ विकेट लिए |

Comment