Thursday , December 14 2017
Home / Featured News / अविवाहित भनिएका नरेन्द्र मोदीले आफ्नो बिवाह भएको स्वीकार गरे

अविवाहित भनिएका नरेन्द्र मोदीले आफ्नो बिवाह भएको स्वीकार गरे

भारतीय जनता पार्टीका तर्फ बाट लोकसभा चुनाब लड्दै गरेका नरेन्द्र मोदीलाई अहिले भारतको भावी प्रधानमन्त्रीको रुपमा प्रक्षेपण गरिएको छ | लामो समय देखि आफु अविवाहित भएको बताउंदै आएका गुजरातका मुख्यमन्त्रि नरेन्द्र मोदीले आफ्नो बिवाह सानै उमेरमा भएको अन्ततः स्वीकार गरेका छन् | गुजरातको एक स्कुलकि सेवा निवृत्त शिक्षिका जशोदबेन सँग १५ बर्षको उमेरमा बालविवाह भएको थियो | उनीहरु केहि महिना मात्रै संगै बसेका थिए र त्यसपछि उनीहरु दुइबीच कहिलेपनि सम्पर्क नभएको बताइएको छ |

“मेरो पारिवारिक बन्धन केहि छैन, म एक्लो छु, मैले कसका लागि भ्रष्टाचार गर्ने ?” उनले गत महिनामात्रै चुनाब प्रचारप्रसारको क्रममा भनेका थिए | वडोदरा क्षेत्रबाट उमेद्द्वारी दर्ता गर्ने क्रममा उनले अन्ततः आफु कुनैबेला विवाहित रहेको स्वीकार गरेका हुन् |

Comment