Wednesday , December 13 2017
Home / Entertainment / म्याग्देली नाईट सम्पन्न

म्याग्देली नाईट सम्पन्न

myagdelinightसिड्नीमा बसोवास गर्ने म्याग्देलीहरुले नेपाली नयाँवर्ष २0७१ मनोरञ्जनात्मक तथा भेटघाट साँझ आयोजना गरी भव्यतापूर्वक मनाएका छन् । १२ अप्रिल शनिवारका दिन हर्षभिलको माराना अडिटोरियममा लगभग २५0 जना म्याग्देलीहरुले नयाँवर्षको शुभकामना आदानप्रदान गरेका हुन् ।
मुख्य गरी नेपालबाट ख्यातिप्राप्त कलाकारहरु झिकाई मनोरञ्जनात्मक कार्यक्रमहरु पस्किएर नेपाली कला संस्कृतिलाई अष्ट्रेलियामा परिचित गराउने काम गर्दै आएको म्याग्दी सेवा समितिले यसपालि भने स्थानीय प्रतिभाहरुलाई मञ्चमा प्रस्तुत गरेको थियो । दीपेश पुन, सुशन श्रेष्ठ र वविता सुवेदीले सञ्चालन गरेको कार्यक्रममा म्याग्देली कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।
संस्थाका अध्यक्ष हरि राम्जालीले उक्त कार्यक्रमको उद्देश्य म्याग्देलीहरुमाझ सहयोग र आपसी सद्भावको विकास गर्ने रहेको बताउनुभएको थियो । उहाँका अनुसार नयाँ तथा पुराना जो कोहीको पनि संस्थासँग अपनत्व विकास होस् भन्ने उद्देश्यले यसपाली म्याग्देलीहरुको मात्र भेला गरिएको थियो । कार्यक्रममा कोषाध्यक्ष मुक्ति रोकाले समाजको आजसम्मको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
म्याग्दी सेवा समितिले वितगमा म्याग्दी जिल्लाको विकासको लागि विभिन्न आर्थिक तथा भौतिक सहयोगहरु उपलव्ध गराउँदै आएको छ । म्याग्दी जिल्लाका जुनसुकै प्राकृतिक विपत्तिहरु हुन् वा सर्वसाधारणलाई परेको आपत् यस समितिले यथासक्य सहयोग गर्ने गरेको छ । सिड्नीमा पनि कसैलाई आपत् विपत पर्दा यो समितिले सहयोगको हात फैलाउँदै आएको छ ।
समाजले आगामी दिनमा म्याग्दी जिल्लाको सदरमुकाम वेनीस्थित म्याग्दी पुस्तकालायलाई जीवनदान दिन सहयोग गर्ने वाचा समेत गरेको अध्यक्ष्F राम्जालीको भनाई छ । म्याग्दी पुस्तकालय द्वन्द्वकालमा नेकपा माओवादीको वेनी सदरमुकाम आक्रमणमा परी ध्वस्त भएको थियो । त्यस्तै समाजले निकट भविष्यमै जिल्लाको सिंगा गाविसमा रहेका बौद्धिक अपाङ्गता भएकाहरुको विद्यालयलाई पनि सहयोग गर्ने वचनवद्धता जनाएको छ ।

Comment