Monday , December 18 2017
Home / Entertainment / अनुपम र आरजु मिस्टर एण्ड मिस नेपाल अस्ट्रेलिया

अनुपम र आरजु मिस्टर एण्ड मिस नेपाल अस्ट्रेलिया

सिड्नी/प्रत्येक दुई वर्षमा आयोजना हुने मिस्टर एण्ड मिस नेपाल अस्ट्रेलिया २०१४ को उपाधि क्रमस अनुपम ध्वज किरण र आरजु कार्कीले जितेका छन् । जुलाई १९ शनिवार सिड्नीको हर्सभिल मराना अडिटोरियममा खचाखच दर्शकमाझ गैर आवासिय नेपाली संघ अस्ट्रेलियाका ग्लोबल अध्यक्ष शेष घले र श्रीमती घलेले आरजु र अनुपमलाई प्रतियोगिताको ताज पहिराएका थिए । अरजु सिड्नीमा बसेर एम बिए अध्ययन गर्दै छिन् भने अनुपम मेलवर्नबाट यो प्रतियोगितामा सहभागि भएका हुन् ।

mr and miss
अस्ट्रेलियाका सिड्नी, मेलवर्न र बि्रसवेनबाट आएका २२ जना प्रतिष्पर्धीहरुलाई पछाडि पार्दै उनीहरुले उपाधि जितेका हुन् । यो प्रतियोगिताको फस्ट रनर अप क्रमशः बबिन लिम्बु र जुनिता लामा, सेकेण्ड रनर अप अशिष श्रेष्ठ र सुदीप्ती श्रेष्ठ भएको युनाइटेड आर्ट एण्ड इन्टरटेनमेन्टका निर्देशक समिम अनवरले नेपालीपत्रलाई बताए । प्रतियोगीतामा विजेताहरुले १ हजार डलर नगद, ट्रफी र अन्य पुरस्कारहरु जितेका थिए । यस्तै फस्ट रनर अपले पनि ५ सय नगद, ट्रफी र अन्य पुरस्कारहरु हात पारेक थिए । प्रतियोगितामा विजयीहरुलाई प्रमुख अतिथि एनआरएनका अध्यक्ष शेष घलेले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।mr and miss 2

यस्तै सहभागिहरुलाई अन्य विधमापनि विजेता घोषणा गरिएको थियो । जसअनुसार मिस्टर एण्ड मिस युएनइएमा क्रमस नरेन मिश्र र रजनी पन्त, मिस्टर एण्ड मिस साईवरमा अशिष श्रेष्ठ र पि्रयंका भट्टराई, वेष्ट कस्ट्युममा अनिश जोशी र जुनिता लामा, मिस्टर एण्ड मिस टेलेण्टमा अभिशेक अधिकारी र रमिला खडकाले उपाधि जितेका थिए । कार्यक्रममा बोल्दै युएनईएकी प्रमुख भुमा लिम्बुले अस्ट्रेलियाको नेपाली समुदायले नयाा प्रतिभा पाएको बिचार राखिन। उनले उपाधि जितेका सबैलाई समुदायको र ब्यक्तित्व विकासमा सक्रिय हुन आग्रह गरेकी थिइन । यो कार्यक्रममा नेपालकी प्रख्यात फेसन डिजाइनर समा वानुको कोरियोग्राफीमा नेपाली ढाकाबाट बनेका कपडा सहितको फेसन शो देखाईएको थियो । स्थानिय कलाकारहरुले फेसन शो र नृत्यहरु समेत देखाएका थिए ।

प्रतियोगितामा ज्याक्लिन डाओ, डा. अशोक श्रेष्ठ, टुनु घोताने, रिना कुक, निचलस डे वोर रेले निणर्ायक थिए । यस अघि धर्म अधिकारी र ऋचा धिताल, निरज शर्मा र दिपाश्री शाहले यो उपाधी जितेका थिए ।

Comment