Monday , December 18 2017
Home / Nepal / एमाओवादीको छाया सरकार

एमाओवादीको छाया सरकार

एकीकृत नेकपा माओवादीले राष्ट्रिय सम्मेलन सम्पन्न गरेको करिब तीन महिनापछि स्थायी समिति बैठकले छाँया सरकारको झल्को दिने गरी बिभाग र ब्युरोको कार्यविभाजन गरेको छ। बाबुराम भट्टराई पक्षधर अनुपस्थित रहेको वैठकले बिगतमा सम्हालेको मन्त्रालयअनुसार नै कार्यविभाजन गरेको हो।
वैठकले पदाधिकारीमध्ये उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई संविधान मस्यौदा तथा सुझाव समिति र अन्तर्राष्ट्रिय विभाग तथा अर्का उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई केन्द्रीय संगठन तथा अनुगमन विभागको जिम्मेवारी दिएको छ भने महासचिव कृष्णबहादुर महरालाई प्रचार–प्रसार विभागको जिम्मेवारी दिइएको छ । भट्टराईलाई यसअघि नै माक्र्सवाद अध्ययन तथा अनुसन्धान विभागको जिम्मेवारी तोकिसकिएको छ ।

यसैगरी, सचिवत्रयमध्ये गिरीराजमणी पोखरेललाई स्वास्थ्य तथा जनसंख्या, बर्षमान पुनलाई योजना तथा अर्थ बिभाग, टोपबहादुर रायमाझीलाई भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था विभागको जिम्मेवारी दिइएको छ भने कोषाध्यक्ष हरीबोल गजुरेललाई आर्थिक विभागसहित कृषी तथा भुमीसुधारको जिम्मेवारी दिइएको छ ।

स्थायी समितिमध्ये शक्तिवहादुर बस्नेत उत्पादन तथा निमार्ण र सहकारी, अग्निप्रसाद सापकोटा शिक्षा, लोकेन्द्र बिष्ट पर्यटन तथा नागरिक उडययन, जर्नादन शर्मा राज्य ब्यवस्था तथा सुरक्षा विभाग, गोपाल किराँती राष्ट्रिय मुक्ति मोर्चाको जिम्मेवारी पाएका छन् ।

जलस्रोत तथा उर्जामा लिलामणी पोखरेल, सुचना तथा सञ्चारमा दीनानाथ शर्मा, महिलामा हिसिला यमी, सामान्य प्रशासन सुरेन्द्र कार्की, कानुन तथा न्याय प्रभु साह, संघीय मामिला तथा स्थानिय विकास रामचन्द्र झा, सामाजिक न्याय सन्तु दराई, श्रम तथा रोजगार लेखराज भट्ट, युवा तथा खेलकुद विभाग चक्रपाणी खनालले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ । सहिद, बेपत्ता तथा घाइतेसम्बन्धी विभागमा हितराज पाण्डेलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी, दलित साहित्य र संस्कृति विश्वभक्त दुलाल, बिज्ञान, प्रविधी र बातावरण कल्पना धमला, गैर सरकारी संघ तथा संस्था सत्या पहाडी, उद्योग बाणिज्य तथा आपुर्ति, बन तथा भु–संरक्षण धनीराम पौडेललाई जिम्मेवारी तोकिएको हो ।

पुर्ण केन्द्रीय समिति बाहेक अन्यत्र नबस्ने घोषणा गरेका भट्टराई पक्षधर नेताहरुमध्ये रायमाझी, यमी र साहले जिम्मेवारी पाए पनि देवेन्द्र पौडेल, गंगानारायण श्रेष्ठ लगायतका नेताले भने कुनै पनि जिम्मेवारी पाएका छैनन् ।

 

Comment