Saturday , December 16 2017
Home / Australia / झापाली समाज अस्ट्रेलियाले बार्बिक्यु गर्ने

झापाली समाज अस्ट्रेलियाले बार्बिक्यु गर्ने

सिड्नी/ झापाली समाज अस्ट्रेलियाले सिड्नीमा बार्बिक्यु कार्यक्रम गर्ने जनाएको छ । संस्थाका कोषाध्यक्ष अशोक ओलीका अनुसार अगस्ट २४ आइतबारका दिन एसफिल्ड पार्कमा दिउासो १ बजेदेखि ५ बजेसम्म बार्बिक्यु कार्यक्रम गरिने छ । सो कार्यक्रममा संस्थाको सदस्यता नवीकरण लगायत परोपकारी तथा झापा जिल्लाका लागि सेवामुखी कार्यक्रमहरुको बारे छलफल गरिने तयारी रहेको जानकारी गराइएको छ ।jhapa_nepal-1

१७ महिनाअघि स्थापना भएको यस संस्थाले हालसम्म झापाको कन्काइ माई नदीमा आर्यघाट निर्माणको लागि ५ लाखभन्दा बढी आर्थिक सहयोग, एसएलसीमा बोर्ड फस्ट भएका झापाका विद्यार्थीलाई नगद तथा सम्मान, झापाका अग्रज नेताहरु, उद्यमी तथा नागरिक समाजका व्यक्तिहरुसाग झापामा अन्तरक्रिया, सिड्नीमा रक्तदान कार्यक्रम लगायतका कार्य सम्पन्न गरिसकेको झापाली समाज अस्ट्रेलियाका अध्यक्ष दिनेश पोखरेलले जानकारी दिएका छन् ।

संस्थाले अस्ट्रेलियामा रहेका झापालीहरुबीच आपसी सद्भाव कायम गर्न र आफ्नो जन्मभूमिका लागि पनि केही गरौ भन्ने पवित्र उद्देश्यले बार्बिक्यु कार्यक्रम गर्न लागिएको जनाइएको छ । संस्थाले सबै सिड्नीमा बसोबास गर्ने झापालीहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणासमेत गरेको छ ।

Comment