Tuesday , August 21 2018
Home / Nepal / अध्यागमनका कर्मचारीले ठूलो गल्ती गरे : गृहमन्त्री

अध्यागमनका कर्मचारीले ठूलो गल्ती गरे : गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रमुख जिल्ला अधिकारीको सरुवा मापदण्ड बनाएर लागू गर्ने तयारी भइरहेको बताएका छन्। उनले जिल्ला प्रशासन कार्यालय थप आधुनिक बनाउँदै नयाँ र दक्ष कर्मचारीलाई क्रमश: प्रमुख जिल्ला बनाउन गृहकार्य भइरहेको जानकारी पनि दिए।

गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री गौतमले उक्त जानकारी दिएका हुन्। उनले अध्यागमन कार्यालयका कर्मचारीले लापरबाही गरेका कारण उनीहरूमाथि कारबाही गरिएको बताए। सुरक्षा दृष्टिकोणले संवेदनशील अध्यागमन कार्यालयको डेस्क छाडेर हिँडेका कर्मचारीमाथि कारबाही गर्नुपरेको उनको भनाइ थियो।

मन्त्री गौतमले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले क्षमा दिनै नमिल्ने गम्भीर प्रकृतीको गल्ती गरेको उनले बताए। उनले भने, ‘अध्यागमन सुध्रिएन भने त्यसको विक ल्प खोज्नुपर्ने हुन्छ।’

उनले विमानस्थल अध्यागमनमा सरुवा भएका कतिपय कर्मचारीले त्यहाँ जान आनाकानी गरेर नेताहरू गुहार्न थालेकाले उनीहरूमाथि कडा कारबाही हुने बताए। उनले भने, ‘मलाई कसैको प्रशंसा गर्न आउँदैन, गलत काम गर्नेको आलोचना गर्दा कर्मचारी रिसाउँछन्, तर मलाई केही फरक पर्दैन। म गलत काम गर्नेलाई छाड्दिनँ।’

गौतमले गृह मन्त्रालयका लागि सुविधासम्पन्न भवन बनाउने पनि बताए। उनले भने, ‘सके सम्म मेरै कार्यकालमा मन्त्रालयको भवन निर्माणबारे निर्णय गर्छु।’

One comment

  1. it is advised Hon Minister should send youth force cadres to Immigration and CDO offices instead preparing for so called ‘standards’. How dare you leaders who directly help to mingle politics in Bureaucracy. Shame on you leaders who still working for ‘standards

Comment