Thursday , December 14 2017
Home / Australia / क्यानवेरा बाट एनआरएन भवनलाई १३ लाख

क्यानवेरा बाट एनआरएन भवनलाई १३ लाख

क्यानवेरा/ गैरआवासीय नेपाली संघको भवन निर्माणका लागि अष्ट्रेलियाको क्यानवेरामा बसोवास गर्ने नेपालीहरुले १३ लाख भन्दा बढी आर्थिक सहयोग प्रतिबद्धता जनाएकाछन् । १२ जुलाई शनिबारका दिन नेपाली दूतावासमा आयोजित आर्थिक संकलन तथा जलपान कार्यक्रममा उपस्थित नेपालीहरु बाट सो रकम प्रतिबद्धता भएको हो।Canberra (5)1प्रतिष्ठित तथा विज्ञ व्यतिहरुको बसोवास रहेको सो ठाउँमा प्रतिबद्धता बढेर १५ लाख सम्म पुग्ने एनआरएनए आईसीसी सदस्य डा कृष्ण हमालले बताउनुभएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितीका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा ग्लोबल आर्थिक संकलन समितीका संयोजक गणेशकेसी, एनसीसी समन्वय समितीका संयोजक बिष्णु हमाल, एनआरएनए सचिव रन्जु वाग्ले, एनआरएनए केन्द्रिय प्रवक्ता मन केसी, अन्तर्राष्ट्रिय यूवाउपसंयोजक कृष्ण गिरी नेपालका लागि पपुआ न्यूगीनीका महावाणिज्य दूत पुना भण्डारी, कार्यबाहक राजदूत राजेन्द्र पाण्डे, आइसीसी सदस्य डा कृष्ण हमाल,स्थानिय समाज सेवी डा होम मूर्ती पन्त, डा किशोर वैद्ध, डा रमेश पौडेल, डा केशब भट्टराई लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाईसम्वोधन गर्दै घलेले एनआरएनए भवनमा सबैको सहयोग र सहभागिता नै महत्वपूर्ण भएकाले भवन बनाउने एतिहासिक कार्यमा हातेमालो गर्न अनुरोध गर्नुभएको थियो । जिज्ञासुको उत्तर दिदै घलेले भवन तथा जग्गाको वनावट संरचना र लागतका बारेमा प्रकाश पार्नु भएको थियो । एनआरएनए अष्ट्रेलिया एसिटीका संयोजक डा।सिताराम घिमिरेको संयोजकत्वमा सम्पन्न भएको सो कार्यक्रमको संचालन युवराज खनियाँले गरेका थिए ।मौसमले साथ नदिएको भएता पनि कार्यक्रममा १०० भन्दा बढी नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहयोग प्रतिबद्धता गर्ने सबैलाई आयोजक रघलेले सम्मान पत्र समेत प्रदान गर्नु भएको थियो ।

Comment