Thursday , December 14 2017
Home / Australia / सिड्नी रेष्टुरेन्ट बिष्फोटमा घाइते कपिलको स्वास्थ्यमा सुधार

सिड्नी रेष्टुरेन्ट बिष्फोटमा घाइते कपिलको स्वास्थ्यमा सुधार

BseCafLCMAApNHn

सिंखडा कार्यरत रेष्टुरेन्टमा ग्यास विष्फोट हुंदाको क्षण Source: News Corp Australia

सिड्नीम हुने नेपाली समुदायको कार्यक्रमको फोटो र भिडियो पर्दामा उतार्न सधै सक्रिय हुने कपिल सिंखडा अहिले अस्पताल भर्ना भएका छन् ।kapil सिड्नी सिटी स्थित एक रेष्टुरेन्टमा भएको ग्यास बिष्फोटमा परेर गम्भिर घाइते भएका कपिल सिंखडाको स्वास्थ्यमा भने क्रमिक सुधार हुदै गएको छ ।

१४ जुलाई सोमबार भएको उक्त बिष्फोटमा रेष्टुरेन्टमा कार्यरत नेपाली सेफ २४ बषिर्य सिंखडाको हात र अनुहार जलेको थियो । सिमापारी डटकम संगको  कुराकानीमा सिंखडाले दिएको जानकारी अनुसार अहिले उनी अस्पतालबाट घर फर्किए पनि नियमित चेकअप को लागि अस्पताल जानु पर्छ । डाक्टरले उनलाई केही महिना आराम गर्नु भनेको छ ।

kapil 2

घाइते सिंखडालाई अस्पताल लगिदै Source: News Corp Australia

रेष्टुरेन्टको भान्छामा खान पकाइरहेको बेला ग्यास लिकको कारण बिष्फोटमा परि घाइते भए पछी कपिलसंगै अर्का एक कामदारलाई तत्कालै सेन्ट भिन्सेंट्स अस्पताल पुर्याइएको थियो । पाच वर्षअघि अस्ट्रेलिया आएका सिंखडाको नेपालको सामाखुशीमा घर रहेको छ ।

उनी समुदाकाय कार्यक्रमहरुमा फोटो र भिडियो खिच्न निकै सक्रिय हुन्थे । सिमापारी डटकम सिंखडाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

 

Comment