Thursday , December 14 2017
Home / Event / एन आर सीको बाषिर्क खेलकुद कार्यक्रम

एन आर सीको बाषिर्क खेलकुद कार्यक्रम

nrc

नेप्लिज रिक्रियसन क्लबले बाषिर्क खेलकुदको महोत्सव गर्ने भएको छ । आगामि जुलाई २० आइतवार देखि खेलकुदका विभिन्न विदा र उमेर समुहमा प्रतियोगिता हुन लागेको हो । एन आर सीका अध्यक्ष जेबिन श्रेष्ठका अनुसार गल्फ, टेनिस, ब्याटमेनटन र टेवल टेनिस खेलहरुमा यो प्रतियोगिता हुन लागेको हो । यी खेलका प्रतियोगिताहरु फाइभ डक, लिडकम र सिड्नी ओलम्पिक पार्कमा हुने बताईको छ । अस्ट्रेलियाका विभिन्न राज्यमा बसोवास गर्ने नेपालीहरुको सहभागितमा खेलकुद प्रतियोगिता गर्न लागिएको हो ।

यो प्रतियोगितामा भागलिन भिक्टोरिया, क्विन्सल्याण्ड, वेस्टर्न अष्ट्रेलिया र राजधानी क्यानवेराबाट सहभागिहरु सिड्नी आउंदै छन् । प्रतियोगिताका बिजयीहरुलाई भब्य सास्कृतिक कार्यक्रम गरेर पुरस्कार वितरण गरिने बताइएको छ । उमेर समुहको आधारमा खेलाइने सबै खेलमा बालबालिका र महिला टोली पनि सहभागि हुन पाउने छन् । प्रतियोगिता सहभागि हुन दर्ता खुलीसकेको छ । नेपालीहरुमा खेलकुदबाट एकता भातृत्व र सहकार्यबृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको हो । NRC poster 2014v2

Date/Time
Date(s) - 20/07/2014
12:00 am - 6:00 pm

Location
Sydney Olympic Park

Loading Map....