Tuesday , December 12 2017
Home / Event / नारी निकुञ्ज अस्ट्रेलियाको तिज कार्यक्रम

नारी निकुञ्ज अस्ट्रेलियाको तिज कार्यक्रम

nari nikujna teeja

गत वर्षहरुमा झै यो वर्ष पनि नारी निकुञ्ज अस्ट्रेलियाले नेपाली महीलाहरुको महान पर्व हरीतालिका तीज भब्य रुपमा मनाउने भएको छ । कार्यक्रम अगष्ट ९ शनीबार २०१४ सिड्नीको ग्रान्भीलमा हुदैछ । उक्tm कार्यक्रमको टीकटबाट संकलित रकम नेपालको ग्रामिण भेगमा गरिवी र अशीक्षाकै कारण उपचारबाट बन्चित भई पाठेघर क्यान्सर प्रभावित केही महीलाहरुको उपचारको लागी खर्च गरिने नारी निकुञ्ज अष्ट्रेलियाकी उप सयोजक पि्रती शर्माले जानकारी दिइन । निकुञ्ले केही वर्ष अघि देखि नेपालको ग्रमिण जिल्लामा बसोवास गर्ने महिलामा देखिएको आङ खस्ने समस्याको उपचारको लािग सहयोग गर्दै आएको छ । निकुन्जले यो पटक पनि तीज कार्यक्रम र उक्tm कार्यक्रममा बिभिन्न दाताहरुले गरेको सहयोगबाट संकलीत रकम नेपालमा पाठेघर क्यान्सर पिडित महीलाहरुको उपचारमा खर्च गर्ने सचिव तथा तीज कार्यक्रम संयोजक सिर्जना सग्रौलाले बताइन ।
गत वर्ष तीज कार्यक्रमबाट संकलित रकमको सहयोगमा निकुञ्जले नेपालमा सक्रिय एबीसी संस्था मार्फत रामेछापका केही आङ खस्ने समश्या भएका महिलाको उपचार गराउन सफल भएको छ । महीलाहरुको महान पर्व तीजको अवसर पारेर विदेसमा रहेका नेपाली नारीहरुलाई माईती तथा नेपालको अभाब महसुस हुन नदिनको लागि र विदेशमा आफ्नो धर्म, कला, सस्कृती झल्काउन तथा जर्गेनाको लागि पनि उक्tm कार्यक्रमको आयोजना हुन लागेको हो । कार्यक्रममा तीज सम्बन्धि नृत्य तथा संास्कृतीक कार्यक्रम पनि प्रस्तुत गरीने छ । कार्यक्रममा सहभागीताको प्रत्येक महिलाको टीकट दर ४० डलर ५ वर्ष देखी १२ वर्ष सम्मका बालीकाको लागी २५ डलर र ५ वर्ष मुनीका बच्चाको लागि नि शुक प्रवेशको ब्यवस्था गरिएको छ । यस्तै प्रत्यक टिकट बित्रि बाट १० डलर सिधै आङ खस्ने समस्या भएका महिलाको उपचारार्थ गठन भएको कोषमा जम्मा गरीनेछ । यो वर्ष तिज कार्यक्रममा करिव ५०० सय महीलाहरु सहभागीता गराउने लक्ष्य रहेको छ ।nari nikujna teeja

Date/Time
Date(s) - 09/08/2014
6:00 pm - 11:00 pm

Location
Blouza Hall

Loading Map....