Tuesday , December 12 2017
Home / Featured News / कसले मार्ला त बाजी एमालेमा

कसले मार्ला त बाजी एमालेमा

एमालेको काठमान्डौमा जारी नवौ महधिबेशन पार्टिको निती तथा कार्यक्रम बनाउने भन्दा पनि नेत्रित्व चयनले गर्दा बिशेष चर्चामा छ| अध्यक्षका दुई प्रत्यासी माधव कुमार नेपाल र के पि ओली दुबइले बहुमतका साथ जित्ने दाबी गरेपनी धुक्क भने हुन सकेका छैनन | मिनी चुनावको रुपमा हेरिएको टोलीनेता चयनमा मतदानबाट माधव कुमार नेपाल पक्षधरहरु धेरै छनिएपनी सर्वसम्मतबाट छनिनेमा ओली पक्षका धेरै थिए | तुलनात्मक रुपमा यहाँ ओली पक्ष अगाडि रह्यो |

बर्तमान अध्यक्ष झलनाथ खनालले माधव कुमार नेपाललाई सहयोग गर्ने भएपछी नेपाल पक्ष हौसिएको छ भने त्यस्ले केही फरक नपर्ने मान्यता ओली पक्ष राखछन | “खनाललाई सहयोग गर्नेहरु पहिले देखी नै नेपाललाई सहयोग गरिरहेकाले यस कुराले मानसिक रुपमा मात्र असार गर्छ सन्ख्यामा खासै केही हेर्फेर हुन्न|” एमाले महधिबेशनमा सहभागी एक प्रतिनिधिले सिमापारीलाई बताए |

अहिले एमाले महधिबेशन चुनावमय भएको छ र प्रतिनिधिहरु खुलेरै नेपाल पक्ष र ओली पक्ष तिर लागेका छन | यस्तो अवस्थामा कतैतिर स्पस्ट नखुलेका प्रतिनिधिहरुको मतले महत्त्वपूर्ण अर्थ राख्ने बिश्लेशकहरु बताउछन|

के पि ओली नेत्रित्व हस्तान्तरणको मुद्दा लिएर चुनावमा ओर्लिएका छन उनलाई बामदेब गौतम तथा इश्वर पोखरेल लगायतका नेताहरुले साथ दिएका छन भने माधव कुमार नेपाललाई झलनाथ खनाल तथा घनश्याम भुसाल लगायतका नेताले साथ दिइरहेका छन |

दुबइ पक्षले आफ्नो पक्षमा बहुमत रहेको बताइरहेका छन | “के पि ओली कारीब ३५० मतले अगाडि रहनु भएको छ” एक महधिबेशन प्रतिनिधिले सिमपारिलाई बताएका छन | त्यसै गरी नेपालले सजिलै जित्ने दाबी अर्का महधिबेशन प्रतिनिधिले गरेका छन |

यो चुनाबी रडाकोमा कसले बाजी मार्ने हो त्यो भने अब छिट्टै नै थाहा हुने छ |

 

Comment