Sunday , November 19 2017
Home / Nepal / नयां संविधानको नाम “नेपालको संविधान”

नयां संविधानको नाम “नेपालको संविधान”

संवैधानिक राजनीतिक संवाद एवम् सहमति समितिको बैठकले आगामी संविधानको नाम ‘नेपालको संविधान’ हुनेमा सहमति गरेको छ । सिंहदरबारमा १२ भदौमा बसेको संवैधानिक राजनीतिक संवाद एवम् सहमति समितिको बैठकले संविधानसभाले निर्माण गर्ने नयाँ संविधानको नाम ‘नेपालको संविधान’ राख्नेमा सहमति भएको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।sambidhan

 

बैठकले नेपालको स्वाधीनता, राष्ट्रिय अखण्डता र नेपाली जनतामा निहित सार्वभौमसत्तालाई अपरिवर्तनीय विषयका रुपमा रहने गरी सहमति गरेको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जानकारी गराए ।

 

केसीका अनुसार मौलिक हक, मानवअधिकार, प्रेस स्वतन्त्रता, बहुलवाद, विधिको शासन, आवधिक निर्वाचन जस्ता विषयलाई प्रस्तावनामा समेट्ने सहमति भएको छ । प्रस्तावनामा समेटिने ती विषयको संशोधन गर्न संसद्मा दुई तिहाई मत कायम गरी त्यसलाई जनमतसङ्ग्रहमा लैजानुपर्ने सहमति भएको छ ।

 

संविधानका अन्य पक्ष एवम् विषय संशोधनका लागि प्रचलित कानूनअनुसार दुई तिहाई मतका आधारमा गर्नुपर्ने सहमति भएको केसीले जानकारी दिए । अघिल्लो संविधानसभामा आगामी संविधानको नामका विषयमा दलहरुबीच सहमति हुन सकेको थिएन ।

 

Comment