Wednesday , October 24 2018
Home / World

World

world news

इराकमा गम्भीरस्तरको आपत्काल घोषणा

न्युयोर्क, (एजेन्सी)/संयुक्त राष्ट संघले इराकमा उच्चस्तरको आपत्काल घोषणा गरेको छ। इस्लामिक स्टेटका क⁄रपन्थीह ले उत्तरी इराकी क्षेत्रमा तीव्र पमा अगाडि बढिरहेकाले मानव अधिकारको अवस्था विकराल बन्दै गइरहेको हो। कुर्दिस अधिकारीले १ लाख ५० हजार शरणार्थीको ओइरोले दोहुक सहरको स्थिति अत्यन्त नाजुक बनेको जानकारी दिएको छ। संयुक्त राष्ट संघका विशेष प्रतिनिधि निकाल म्लादेनोबले तृतीयस्तरको आपत्काल घोषणा गरिएको र यसले अतिरिक्त खाद्य ... Read More »

ईबोला भाइरसका कारण पश्चिम अफि्रकामा संकटकाल घोषणा

मोनरोभिया (बीबीसी), श्रावण २३ –  पश्चिम अफ्रिकी मुलुक लाइबेरियामा संक्रामक रोग ‘इबोला भाइरस डिजिज (इभीडी)’ फैलिएकोले त्यहाँ आपात्काल घोषणा गरिएको छ। त्यहाँकी राष्ट्रपति इलेन जोनसोन सरलिफले तीनमहिने संकटकालको घोषणा गरेकी छन्। त्यहाँ उक्त रोगका कारण २ सय ८२ को मृत्यु भइसकेको छ। उक्त रोगबाट प्रभावित मुलुकको पश्चिम क्षेत्रका नागरिकलाई रोक्न सेनाले राजधानी मोनरोभियामा नाकाबन्दी गरेको छ। खाद्य सामग्रीका लागि राजधानीमा ... Read More »

गाजामा संघर्ष विराम

इजरेल र हमासले गाजामा स्थानीय समय अनुसार शुक्रबार विहान आठ बजे देखि लागु हुने गरी ७२ घण्टे नि:शर्त संघर्षविराम गर्न सहमति जनाएका छन्। संयुक्त राष्ट्र संघ र संयुक्त राज्य अमेरिकाको संयुक्त बक्तव्यले संघर्ष विरामको अवधि आरम्भ नहुंदासम्म संयम अपनाउन सबै पक्षलाई आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव बान की मून र अमेरिकी विदेशमन्त्री जन केरीले उक्त संघर्ष विराम सहमतिको घोषणा ... Read More »

मेलवर्न विश्व एड्स सम्मेलनमा औषधिको खोजी

अस्ट्रेलियाको मेलबर्न सहरमा यतिखेर प्राणघातक रोग एचआईभी एड्सको उपचारको खोजी गरिँदै छ । विश्व एचआईभी एड्स सम्मेलनको क्रममा भेला भएका विशेषज्ञ एवं वैज्ञानिकहरूले यस संक्रमणको औषधिका बारेमा परामर्श गरिरहेका छन् । औषधिले रोग निको हुन नसक्ने भएकोले यस रोगको उपचारको खोजी विश्वव्यापी रूपमा जारी छ । यसपटकको सम्मेलनमा पनि यो रोगको उपचारको बारेमा व्यापक छलफल एवं परामर्श भएको हो । ... Read More »

इराकका आईएसआईएसका नेता अबु बकर अल बग्दादीको भिडियो सार्वजनिक

बग्दाद, (एजेन्सी) इराकको कट्टरपन्थी समूह आईएसआईएसका नेता अबु बकर अल बग्दादीले आफ्नो पहिलो भिडियो सन्देश जारी गर्दै मुसलमानहरूलाई उनको आदेश मान्न आग्रह गरेका छन्। इराक र सिरियाका थुपै्र भूभागमाथि कब्जा गरिसकेका उक्त जेहादी समूहले बग्दादीलाई आफ्नो खलिफा नियुक्त गरेको हो। उक्त भिडियो शुक्रबार उत्तरी इराकको मासुलस्थित अल नुरी मस्जिदमा प्रवचन दिइरहेको समयमा छायांकन गरिएको हो। बग्दादी एक हमलामा मारिएको वा घाइते भएको ... Read More »

माइकल सुमाकर कोमाबाट बाहिरिए

पुर्व फर्मुला वान रेसर माइकल सुमाकर ६ महिनाको  कोमाबाट बाहिरिएका छन।गत बर्षको डिसेम्बर महिनामा उनी हिउँमा स्कि खेल्ने क्रममा गम्भीर घाइते हुन पुगेका थिए। चिकित्सकहरुले उनको बच्ने संभावना अत्यन्तै न्यून भएपनि उनलाई बचाउने हरसम्भव प्रयास गरिने बताएका थिए । जर्मनीमा उपचाररत उनको उपचार सम्बन्धि जानकारी गोप्य रखिएको थियोे । अस्पतालबाट हिजै डिस्चार्ज भएका उन्को बाँकि उपचार भने स्विट्जर्ल्यान्डमा हुनेछ । ... Read More »

कराँंची विमानस्थलमा आक्रमण :आतंककारीसहित २८ मारिए

इस्लामाबाद : पाकिस्तानको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक कराँचीस्थित जिन्ना इन्टरनेसनल विमानस्थलमा तालिबान विद्रोहीले आक्रमण गरेका छन्। आक्रमणमा विमानस्थलका कर्मचारीसहित २८ जनाको मृत्यु भएको छ। सेनाले उक्त विमानस्थल १२ घन्टापछि आफ्नो नियन्त्रणमा आएको जनाएको छ। सुरक्षाकर्मी र आक्रमणकारीबीच भएको लामो भिडन्तमा सबै आक्रमणकारी मारिए। त्यहाँ प्रहरीको पोशाकमा १० जना आक्रमणकारी छिरेका थिए। हतियारधारीहरूले आइतबार राति विमानस्थलमा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार ... Read More »

मोदीको पहिलो भ्रमण भुटान

नयाँदिल्ली, (एजेन्सी) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने सम्भावना रहेको र उनी आफ्नो पहिलो विदेश भ्रमणका क्रममा छिमेकी हिमाली राष्ट्र भुटान पुग्ने सरकारी सूत्रले शुक्रबार जनाएको छ। गत महिनाको चुनावमा अत्यधिक बहुमतले विजयी भएपछि २६ मेमा आयोजित शपथग्रहण समारोहमा दक्षिण एसियाली नेताहरूलाई आमन्त्रण गरेका मोदी व्यापार र लगानी प्रवद्र्धनका लागि सकारात्मक विदेश नीति अपनाउने पक्षमा ... Read More »

स्पेनी नरेश हुवाँ कार्लोसद्वारा राजगद्दी त्याग

स्पेन, (एजेन्सी) झन्डै चालीस वर्षसम्म स्पेनको राजगद्दी सम्हालेका नरेश हुवाँ कार्लोसले सोमबार गद्दी त्याग्ने घोषणा गरेका छन्। टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै ७६ वर्षीय कार्लोसले नयाँ जोश र जाँगर भएको नयाँ पिँढीलाई अग्रमोर्चामा ल्याइनुपर्ने बताएका छन्। उनका ४५ वर्षीय पुत्र युवराज फेलिपे स्पेनको नयाँ नरेश बन्ने भएका छन्। आफ्नो शासनकालको अधिकांश समय विश्वका अत्यन्तै चर्चित राजा मध्ये एक बन्न सफल हुवाँ कार्लोस ... Read More »

थाइल्यान्डमा ‘मार्सल ल’

बैंकक (थाइल्यान्ड)– लामो समयदेखि राजनीतिक अस्थिरतामा रुमलिएको थाइल्यान्डमा मंगलबार सेनाले शासनसत्ता हातमा लिँदै देशभरि ‘मार्सल ल’ (सैनिक कानुन) लागू गरेको छ। विगतमा पनि यहाँको सेनाले राजावादीको पक्ष लिँदै राजनीतिक हस्तक्षेप गर्दै आएको थियो।   सेनाले देशमा शान्ति सुव्यवस्था कायम गर्न सैनिक कानुन लगाएको र यो ‘सैन्य कू नभएको’ दाबी गरे पनि राजधानी बैंककमा ठूलो संख्यामा सेना परिचालन गरिएको छ। नागरिकको ... Read More »