Wednesday , December 19 2018
Home / Uncategorized

Uncategorized

कस्तो हुंदैछ सिड्नीको नेपाल फेष्टिभल ?

सिड्नी— प्रत्येक दुई वर्षमा सिड्नीको डार्लिङ हार्वरमा हुँदै आएको नेपाल फेष्टिभल यो वर्ष आउने सेप्टेम्वर ६ शनिवार सुरु हुँदैछ। गैर आवासिय नेपाली संघ अस्ट्रेलिया न्यु साउथ वेल्स राज्य समितिको संयोजनमा नेपाली दुतावास क्यानवेरा, महाबाणिज्यदुतको कार्यालय न्यु साउथ वेल्स र सिड्नीका सामुदायिक संस्थाहरुको सहकार्यमा यो फेष्टिभल हुन लागेको हो। नेपाल र नेपालीलाई अस्ट्रेलियाको मूल प्रवाहको समुदायसँग परिचित गराउनु यो फेष्टिभलको मुख्य उद्देश्य ... Read More »

डार्विनको तीज (फोटो फिचर)

बासुदेव मरहठ्ठा/ जताततै तिजको लहर चलिरहदा डार्विनबाशी महिलाहरुले पनि यसपटक को  तीज लाई बिशेष रुपमा मनाएका छन। नेपाली एसोसियसन अफ नर्दन्टेरिटोरी ले आयोजना गरेको तीज बिशेष प्रतियोगीतामा महिला  हरु रमाइलो गरी नाचेनन मात्र डार्विन मा पहिलो पल्ट भएको तिज गीत प्रतियोगिता मा भाग पनि लिए। गत शनिबार २३ तारिक चार्ल्स डार्विन युनिभर्सिटिमा भएको तिज बिशेष कार्यक्रम लाई अझै रोमान्चक बनाउन एन ए एन टि ... Read More »

सिड्नीमा आज गजल “मुशायरा”

सिड्नीमा यही अगस्ट २४ तारिखका दिन नेपाली गजलसम्बन्धी एउटा पृथक् कार्यक्रमको आयोजना हुने भएको छ । सिड्नीको साहित्यिक वृत्तमा गजल विधाको उत्थान एवं प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रम मा सिड्नीका दश जना प्रखर गजलकारहरुको प्रस्तुति रहने बताइएको छ । गजल मुशायरा’ नाम दिइएको सो कार्यक्रम, नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको आयोजनामा यसफिल्डस्थित क्याथोलिक क्लबको हलमा गर्न लागिएको ... Read More »

पहिरोस्थलमा गृहमन्त्री गौतम

शुक्रबार राति झरेको पहिरोले थुनिएपछि भएको क्षतिको स्थलगत अवलोकनका लागि गृहमन्त्री सिन्धुपाल्चोक सनुकोशी नदीमा पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गरेलगत्तै गृहमन्त्री गौतम हेलिकोप्टरबाट सिन्धुपाल्चोकको जुरेस्थित पहिरोस्थलमा पुगेका हुन् । गृहमन्त्री गौतमले लामोसाँघुस्थित सशस्त्र प्रहरीको बेसक्याम्पमा ओर्लेर घटनास्थलको अवलकोन गरिरहेका छन् । शुक्रबार राति झरेको पहिरोले सुनकोशी थुनिएर डुबान भएपछि पीडितहरुको उद्दार र बेपत्ताहरुको खोजतलासमा सुरक्षाकर्मीलाई समस्या भएको छ । ... Read More »

मोदी आज नेपाल आउंदै, सम्पूर्ण तयारी पुरा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार काठमाडौं आउँदै छन् । विहान विशेष विमानबाट काठमाडौं विमानस्थलमा अवतरण गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गर्दै छन् । यहाँ रहँदा भारतीय प्रधानमन्त्रीले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री कोइराला, सभामुख सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा उद्योगपति एवम् व्यापारीसँग बेग्लाबेग्लै भेटवार्ता ... Read More »

सिड्नी रेष्टुरेन्ट बिष्फोटमा घाइते कपिलको स्वास्थ्यमा सुधार

सिड्नीम हुने नेपाली समुदायको कार्यक्रमको फोटो र भिडियो पर्दामा उतार्न सधै सक्रिय हुने कपिल सिंखडा अहिले अस्पताल भर्ना भएका छन् । सिड्नी सिटी स्थित एक रेष्टुरेन्टमा भएको ग्यास बिष्फोटमा परेर गम्भिर घाइते भएका कपिल सिंखडाको स्वास्थ्यमा भने क्रमिक सुधार हुदै गएको छ । १४ जुलाई सोमबार भएको उक्त बिष्फोटमा रेष्टुरेन्टमा कार्यरत नेपाली सेफ २४ बषिर्य सिंखडाको हात र अनुहार जलेको ... Read More »

स्वराज राजनीतिक भेटघाटमा ब्यस्त

नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज शनिबार दिनभर नै भेटघाटमा व्यस्त भइन् । शुक्रबार साँझ काठमाडौं आएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणासँग भेट गरेकी स्वराजले शनिबार बिहानदेखि थप भेटघाटमा व्यस्त भएकी छन् । उनले राष्ट्रपति रामवरण यादवसँग शीतल निवासमा, प्रधानमन्त्री सुशील कोइरालासँग बालुवाटारमा, सभामुख सुवास नेम्वाङ र प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग बानेश्वरस्थित संविधानसभा भवनमा ... Read More »

सिड्नीमा भएको “वाक फर नेपाल”बाट ४६ हजार डलर संकलन (फोटो फिचर)

सिड्नी/गैर आवासिय नेपाली संघ (एन आर एन) अस्ट्रेलियाको न्यु साउथ वेल्स शाखाले परोपकारी कार्यक्रमलाई सहयोग गर्न आयोजना गरेको “वाक फर नेपाल” कार्यक्रमबाट करिव ४६ हजार अस्ट्रेलियन डलर संकलन भएको छ । जुन १ आईतवार सिड्नीको दक्षिण रकडेलमा रहेको कुक पार्कको डल्स प्वाइन्टबाट शुरु भएर ब्राइटन बीच हुंदै पुन डल्स पोइन्टमा पुगेर समाप्त भएको यो कार्यक्रममा चार सय भन्दा बढी सिड्नीवासी ... Read More »

उप निर्वाचनको तयारी शुरु

संविधानसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले जेठ १ (बिहीबार)देखि उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन अधिकृतको कार्यालय राखेर काम सुरु गर्ने भएको छ।  प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले असार ८ गते हुने संविधानसभाको उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय खोलेर काम सुरु हुने जानकारी दिए।  असार ८ गते उपनिर्वाचन हुने काठमाडौं–२, कैलाली–६, वर्दिया–१ र चितवन–४ का लागि आयोगले मंगलबार निर्वाचन अधिकृत नियुक्त गर्ने प्रमुख ... Read More »