Friday , November 17 2017
Home / Social

Social

social news from nepal, Australia and world

पुष्कर शाहसंग सिड्नीमा अन्तरक्रिया (फोटो फिचर)

puskar

सिड्नी/ अस्ट्रेलियाको यात्रामा रहेका विश्व साईकल यात्री पुश्कर शाहसंग सिड्नीका नेपालीहरुले अन्तरक्रिया गरेका छन् । यही १७ अगष्ट आईतवार रकडेलमा रहेको सेन्ट जर्ज माइग्रेसन सेन्टरमा विहान ११ बजे देखि करिव २ घण्टा शाहले विश्वयात्राका बारेमा भोगेका रोमान्चक विवरण सुनाएका थिए । प्रमुख अतिथि समेत रहेका न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्काले शाहले नेपाल र नेपालीलाई विश्वमा चिनाएको बिचार ... Read More »

अष्ट्रेलियन नागरिकहरूद्वारा सुनकोसी बाढी-पहिरो पीडितका लागि आर्थिक सहयोग

10595722_10203446215131094_816338512_n

युइन्डुमु, सेन्ट्रल अष्ट्रेलिया / सिन्धुपाल्चोकको सुनकोशी बाढी-पहिरो पीडितहरुका लागि आर्थिक सहयोग पुर्याउने उद्देश्यले , अष्ट्रेलियाको मध्यभागमा अवस्थित एक सानो गाउँ युइन्डुमुमा रहेका दुइ नेपाली पविारले आफ्नै निवासमा ९१० अगष्ट० साँझ “फन्ड राइजिइ्ग डिनर” आयोजना गरेका छन् । मधु पन्थी, दिवा भुसाल, बिप्लब सापकोटा र नमिता पोखरेलले आयोजना गरेको उक्त कार्यक्रममा युइन्डुमु गाउँमा कार्यरत शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी झण्डै १५ अष्ट्रेलियन ... Read More »

एनआरएनद्वारा पहिरो पीडितलाई सहयोग गर्न अपिल

sunkoshi flood

गैरआवासिय नेपाली संघ ९एनआरएन०ले सिन्धुपाल्चोको राम्चेमा सुनकोशी नदी थुनिँदा भएको मानविय लगायत सवै क्षतिप्रति गहिरो दुख व्यक्त गरेको एनआरएनका तर्फवाट अध्यक्ष शेष घलेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’गत साउन १७ गते विहान सिन्धुपाल्चोकको राम्चेको इटिनी भिरमा गएको पहिरोले पुर्‍याएको ठूलो क्षतिको पूर्ण विवरण नआएता पनि अहिले सम्ममा दर्जनौं घर पुरिएको, दर्जनौ व्यक्ति घाइते तथा सयौं जना व्यक्ति वेपत्ता भएका र ... Read More »

मोदीले धर्मपुत्र जिम्मा लगाए

jeet_bahadur

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसँगै बस्दै आएका नेपाली युवक जीतबहादुर सारुमगरलाई उनका परिवारसँग पुनर्मिलन गराइदिएका छन् ।  १८ साउन विहान आफूसँगै जीतबहादुरलाई लिएर आएका मोदीले उनका परिवारलाई ह्यात होटलमा भेटघाट गराइदिएका छन् । नवलपरासीको कावासोती–१ का जीतबहादुर सारु मगर १० वर्षको छँदा आफ्ना दाजुसँगै रोजगारीका लागि भारत गएका थिए । त्यसबेला दाजु दशरथ नेपाल फर्किए पनि उनी भने दिल्लीमै घरेलु ... Read More »

सेन्ट जर्ज नेप्लिज कल्वको नयां कार्यसमिति

sr george nepalese club

सिड्नीको दक्षिणमा सक्रिय सेन्ट जर्ज नेप्लिज क्लवको गएको जुन २८ मा भएको वाषिर्क साधारण सभाले सन्तोश केसीको अध्यक्षतामा नयाा कार्य समिति चयान गरेको छ । कर्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष अन्जन पौडेल, सचिव महेश कुवर, कोषध्यक्ष महेश दाहाल रहेका छन् । यस्तै विक्तिय सल्लाहकार रविन्द्र भण्डारी, जन सम्पर्क अधिकृत विरेन्द्र श्रेष्ठ, पब्लिक अफिसर पवि सुब्बा रहेका छन् । यस्तै संस्थाको खेलकुद ... Read More »

पुष्कर शाहलाई डार्विनका मन्त्रीको सम्मान

_MG_3509

बाशुदेव मरहठ्ठा डार्विन/ विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुषकर शाह अस्ट्रेलिया को डार्विनमा त्यहाका बहुसास्कृतिक मामिला मन्त्री पिटर स्टायल्स द्वारा सम्मानित भएका छन। नेपाली एसोसियसन अफ नर्दन टेरिटोरिले आयोजना गरेको कार्यक्रममा मन्त्री स्टायल्स लाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको थियो। विश्व साइकल यात्री शाह को सम्मान तथा नेपालको ग्रेट हिमालय क्षत्रमा इ- लाइब्रेरी बनाउने उनको योजना लाई सघाउन आईतवार २० ... Read More »

भवन निर्माण गर्न एन आर एनले सिड्नीमा अर्थ संकलन गर्ने

nrn bulding 1

सिड्नी/गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आफ्नै भवन निर्माणको लागि अस्ट्रेलियाका बिभिन्न सहरहरुमा अर्थ संकलन गर्ने भएको छ । अर्थ संकलन कार्यक्रमको शुरुवात सिड्नीमा गाला डिनर गरेर हुन लागेको हो । आगामी जुलाई ५ शनिबार सांझ ग्रेनभिलमा गाला डिनर गरिन लागेको अर्थ संकलन कार्यक्रम ओसिनिया संयोजक गणेश केसीले सिमापारी डटकमलाई बताए । यसका लागि एनआरएनए अस्ट्रेलिया र एनआरएनए आईसीसी र ... Read More »

नेपाली समुदायिक केन्द्रको तेस्रो साधारण सभा सम्पन्न

community center

सिड्नीमा निमार्ण हुन लागेको नेपली समुदायिक केन्द्रको तेस्रो साधारणसभा गएको जुन १५ आइतवार सम्पन्न भएको छ । अवनमा भएको यो साधारणसभामा केन्द्रका संचालक समिति सदस्य तथा शेयर धनी सहभागि भएका थिए । कार्यक्रममा केन्द्रको जग्गा खरिद गरी भवन निमार्णको लागि स्थानिय काउन्सिल संग डिए एप्रुभलको लागि आवेदन दिएको बारे शेयर धनीहरुलाई जानकारी दिईएको थियो । संचालक समितिका अध्यक्ष प्रदिप ढकालका ... Read More »

लिभरल पार्टीको नेपाली शाखा गठन हुने

Liberal_Party_of_Australia_logo

अस्ट्रेलियन लिभरल पार्टीले नेपाली समुदायलाई लक्षित गरेर “लिभरल फ्रेण्डस् अफ नेपाल” गठन गर्ने भएको छ । कार्यक्रम संयोजक श्री नापितका अनुसार आउने १० जुन एभरेष्ट तन्दुरी फङ्सन सेन्टर रकडेलमा सााझ ६:३० बजे बाट यो कार्यक्रम हुन लागेको हो । कार्यक्रममा सिनेटर तथा हुमन सर्भिस मन्त्री मेरिस पायने, खेलकुद मन्त्री स्टुवार्ट यार्स, बार्टन क्षेत्रकाका संसद निक बर्भारिस, न्यु साउथ वेल्सका लागि ... Read More »

मेलबर्नमा मानसिक स्वास्थ्यबारे कार्यशाला सम्पन्न

mental health photo

मेलबर्न/मेलबर्नमा सक्रिय नेपली सामुदायका प्रतिनिधिहरुलाई मानसिक स्वास्थ्यबारे जानकरी दिने उद्देश्यले यही मे २५ आइतबार एक कार्यशाला सम्पन्न भएको छ । भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूतको कार्यालयमा भएको उक्त कार्यशालामा नेपाली प्रौढहरुमा बढ्दै गएको मानसिक स्वास्थ्यसम्बन्धी समस्याको पहिचान र आवश्यक परामर्श र उपलब्ध उपचार सेवाका बारेमा छलफल भएको थियो । अस्ट्रेलियाका आदिबासी र नेपालका उत्पीडनमा परेका समुदायलाई स्मरण र सम्मान गरेर शुरु ... Read More »