Monday , June 25 2018
Home / Prawas

Prawas

एनआरएन भवन निर्माणका लागि लस एन्जलसमा ३० लाख र बोष्टनमा १५ लाख संकलन 

गैरआवासीय नेपाली संघ (एनआरएन)को काठमाण्डौमा आफ्नै घर बनाउने अभियानमा अमेरिकाबासी गैरआवासीय नेपाली कम्मर कसेर लागेका छन् । ‘हाम्रो घर, हाम्रै दायित्व’ भन्ने अभियानसहित काठमाण्डौमा एनआरएन भवन बनाउन रकम संकलन अभियान संचालन गर्दै हाल अमेरिकामा पुग्नुभएका एनआरएन अध्यक्ष शेष घलेको उपस्थीतिमा अमेरिकामा तीनवटा शहरमा बिभिन्न कार्यक्रम संचालन भइसकेका छन् । ती सवै ठाउँमा नेपालीहरुको उत्साहजनक उपस्थीतिवीच अपेक्षा गरिएभन्दा निकै धेरै  अर्थात् करिव ६६ ... Read More »

चीनमा पहिलो नेपाल अध्ययन केन्द्र स्थापना

चीनका राष्ट्रपति सी जिनपिङले छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिएसँगै राजधानी चीनमा पहिलो नेपाल अध्ययन केन्द्र स्थापना भएको छ। हेबइ प्रान्तस्थित हेवेइ विश्वविद्यालयमा बुधबार स्थापना गरिएको केन्द्रले चीन–नेपालबीच प्राज्ञिक पुल बनेर दुई देशबीच सम्बन्ध सुदृढ गर्ने जनाइएको छ । हेवेइ विश्वविद्यालयको आर्थिक तथा व्यापारिक विभागले बुधबार आयोजना गरेको समारोहमा चीनका राजदूत महेश मास्के र विश्वविद्यालयका अध्यक्ष जी लिङगाङले केन्द्रको औपचारिक उदघाटन ... Read More »

इराकमा अलपत्र परेका ४ नेपालीको उद्धार

इराकको टिक्रिटमा अलपत्र परेका चार जना नेपालीलाई उद्धार गरी मंगलबार सुरक्षित स्थानमा पुर्‍याइएको छ। द्वन्द्वग्रस्त क्षेत्र टिक्रिटबाट उनीहरुलाई क्रिकुकहुँदै सुरक्षित स्थल अरबिल पुर्‍याइएको हो। रोजगारदाताकै सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा सारिएको पाकिस्तानस्थित नेपाली दूतावासले जनाएको छ।   इराकको उत्तर–पश्चिम भूभागमा विद्रोही सुन्नी लडाकु र सरकारी सेनाबीच द्वन्द्व बढेपछि उनीहरु काम गर्ने ठाउँबाट भागी एकजना साथीको घरमा शरण लिन पुगेका थिए। उनीहरु ... Read More »

एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न

युरोपमा एनआरएन अभियान, नेपाल र नेपालीको पहिचान’ भन्ने नारासहित गैरआवासीय नेपाली संघको सातौं युरोपियन क्षेत्रीय बैठक तथा पाँचौं क्षेत्रीय महिला सम्मेलन स्पेनको बार्सिलोनामा आइतबार सम्पन्न भयो। शनिबार सुरु भएको उक्त बैठकले १४ वटा बुँदागत निर्णय गरेको छ। बैठकका निर्णयमा नेपालमा समयमै संविधान निर्माण हुने सम्मेलनमो आशा ब्यक्त गरिएको छ। बैठकले नेपाली नागरिकताको निरन्तरतालगायत गैरआवासीय नेपालीका मुद्दालाई नयाँ संविधानमा सम्बोधन गर्न आग्रह ... Read More »

एनआरएनको युरोप क्षेत्रिय सम्मलेन शुरु, नेपालमा लगानि भित्र्याउन जोड

गैरआवासीय नेपाली संघ(एनआरएन)को ७ औं युरोप क्षेत्रीय वैठक तथा पाचौं क्षेत्रीय महिला सम्मेलन स्पेनको वार्सिलोनामा सुरु भएको छ । युरोप क्षेत्रका गैरआवासीय नेपालीहरुको उलेख्य उपस्थीति रहेको बैठकमा यो क्षेत्रमा रहेका नेपालीका समस्या तथा अबसरबारे छलफल हुने छ । वैठकको उद्घाटन संस्थाका अध्यक्ष शेष घले, स्पेनसमेत हेर्ने फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठ, संस्थापक अध्यक्ष उपेन्द्र महतो, नेपालका पूर्व मन्त्री एवं ... Read More »

बेलायतमा पहिलो पटक नेपाली उपमेयर

लन्डन । बेलायतमा पहिलो पटक एक जना नेपाली उपमेयर निर्वाचित भएका छन् । फिजिओथेरापिष्ट डा. जगन्ननाथ शर्मा नर्थ योर्कसायरको कोलबर्न टाउन काउन्सिलका उप मेयर निर्वाचित भएका हुन् । शर्मा यसअघि उक्त काउन्सिलमा करिव चार वर्ष काउन्सिलर थिए । ‘उपमेयर नियुक्तिले खुशीसंगै जिम्मेवारी वोध पनि भएको छ’, शर्माले भने, ‘अब मेरो मात्र होइन, नेपालीको पनि नाम कसरी 
उंचो राख्न सक्छु भन्ने ... Read More »

थाई राजकुमारी प्रापापानले मे १७ मा नेपाल महोत्सब २०१४ को बैंककमा उद्घाटन गर्ने: महोत्सबको तयारी पुरा

गैरआवासीय नेपाली संघ (एन आर एन) थाइल्याण्डले पहिलो पटक थाइल्याण्डको राजधानी बैंककमा मे १७ मा आयोजना हुने ‘नेपाल महोत्सव २०१४’ को तयारी पुरा भएको जनाएको छ ।महोत्सव सुरुहुनुभन्दा ठिक एक हप्ता अगाडी शनिबार बैंकक स्थित हिमालयन रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरि उक्त कुरा जानकारी गराइएको हो । नेपाल महोत्सव २०१४ को उद्घाटन थाईलेन्डकी  राजकुमारी प्रापापान पनुवान कोर्नकोसियाज़ले गर्ने कार्यक्रम रहेको गैरआवासीय ... Read More »

एनआरएनले थाईलेन्डमा जेल जीवन बिताइरहेका नेपालीलाई सहयोग

थाईलेन्डका जेलमा रहेका नेपालीहरुलाई नेपाली दुताबास र गैर आवासीय नेपाली संघ (एनआरएनए) थाईलेन्ड संयुक्त टोलीले गत शुक्रबार भेटि उनीहरुको अवस्था बारेमा जानकारी लिएको छ। भ्रमण टोलीमा थाईलेन्डका लागि कार्यबाहक राजदुत डोरनाथ अर्याल र एन आर एन ए थाईलेन्डका अध्यक्ष खगेन्द्र राज ढकाल संलग्न रहनुभएको थियो। भेटका क्रममा कैदीहरुले आफुहरुलाई नेपाल पठाई बाँकि सजाय आफ्नै भूमिमा भोग्ने वातावरण बनाइदिन एन आर ... Read More »

अनिश खालिङको जीवन रक्षाका लागि कुटनीतिक पहल सुरु

अनिश खालिङ राई बचाउँ अभियान समितिले युएई दुबईमा मृत्यदण्डको सजाय सुनाइएका अनिश खालिङ राईको जीवन रक्षाका लागि कुटनीतिक पहल सुरु गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी समितिले अदालतबाट तोकिएको ब्लडनी संकलन कार्य बन्द गरी कुटनीतिक पहल सुरु गरेको जानकारी दिएको हो । समितिका संयोजक नारदकुमार राईले अदालतले तोकेको आवश्यक रकम उठिसकेको र अनिशलाई सकुशल स्वदेश फर्काउन कुटनीतिक पहल ... Read More »

कोरियामा नेपाली मृत भेटिए

सोल/कोरियामा एक नेपालीको मृत्यु भएको छ । राजधानी सोलबाट ३३ किमी टाढा पर्ने योङगीन शहर नजिकै कार्यरत पोखरा १५ का चन्द्रबहादुर कुँवरको मृत्यु भएको हो । ४० बर्षीय कुँवर बेगबोङ नामक बंगुर र्फममा कार्यरत थिए । त्यहाँ अरु एकजना नेपाली कार्यरत छन् । योङगीन प्रहरीले सोलस्थित नेपाली दूताबासलाई लेखेको पत्रमा मंगलबार राति ८.५० बजे उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएको उल्लेख ... Read More »