Sunday , June 24 2018
Home / Article

Article

Article, report, news

स्व. मदन भण्डारीको नीति र नवौँ महाधिवेशन

-रमेश पाण्डे २२ वर्ष अगाडिको दुःखद् घटना । वि.सं २०५० साल जेठ ३ गते नेपालको इतिहासमा एक चर्चित नेता तथा नेपालको बामपन्थी आन्दोलनका नवीन विचारक जननेता मदन भण्डारी र उनका सहयात्री जीवराज आश्रतिको रहस्यमय तरिकाले दुर्घटना भएको दिन । दुवै जनाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पाठक समक्ष सम्झनाका केही हरफहरु कोर्ने अनुमति माग्न चाहान्छु । मदन भण्डारीको संक्षिप्त जीवनी मदन ... Read More »

विदेशिएका नेपालीलाई दोहोरो नागरिकता किन ?

-रामभक्त राई आज संसार प्रविधिको विकासले गर्दा साँगुरिदै गएको छ । तसर्थ एक देशबाट अर्को देशमा बसाइँ सर्नेहरुको लहर बढ्दो छ, अवसरहरुको खोजीमा। यो यथार्थता हो । जो कोही पनि विवेकशील प्राणी सधैं उज्ज्वल भविष्यको खोजीमा जन्मपश्चात मृत्युसम्म अनवरत लागिरन्छ । सुन्दर शान्त भोलिको प्रतिक्षामा। यसरी नै मान्छेहरुको एउटा आशा र अभिलाषा अनि कडा मेहनतले गर्दा एकै ठाउँमा बसिरहन नसक्ने ... Read More »

अस्ट्रेलियाको जातीय भेदभाव ऐन र बहुसांस्कृतिकवादको विकास

-डा. कृष्ण हमाल हालै अस्ट्रेलियन सरकारका महान्यायाधिवक्ता (एटर्नी जनरल) जर्ज ब्रोन्डिसले जातीय भेदभावबारे दिएको अभिव्यक्तिप्रति धेरैले आपत्ति जनाएका छन् । उनले अस्ट्रेलियाको जातीय भेदभाव ऐन १९७५ को धारा १८ सी लाई खारेज गरेर कुनै पनि व्यक्तिले अन्य व्यक्ति वा समूहलाई अपमानित हुने वा ठेस पुग्ने गरी जातीय, रङ, गिक वा अन्य कुनै पनि प्रकारका भेदभावबारे कुरा गर्न खुला छुट पाउनु ... Read More »

खाडीको बर्बरतामा ज्यान गुमाउनेप्रति

-फडिन्द्र भट्टराई “दिनभरि सँगै काम गर्‍यौं, कामबाटै नेपाल फोन गरेर परिवारसँग कुरा गर्नु भयो, साँझपख ब्रेकमा आराम गर्न कोठामा जानुभएको थियो, लामो समयसम्म नआएपछि कोठामा बोलाउन गएको त उहाँ सुतिराख्नुभएको थियो । उहाँलाई बोलाउँदा बोल्नुभएन, सिरक खोलेर हेर्दा बितिसक्नु भएको रहेछ । पोस्टमार्टम गर्न लगियो, तीन दिनपछि मृत्युको कारण Åदयघात भन्ने रिपोर्ट हस्पिटलबाट हात लाग्यो”, पाल्पा घर भएका सँगै बस्ने ... Read More »

नयां पुस्ताकालागि बातावरणिय शिक्षा

अलिना ताम्राकार मानिसले जीवन जिउनका लागि अति आवश्यक तत्वहरु सबै प्रकृतिबाट नै प्राप्त गर्दछन् तर अहिले विकसित जीवन शैलीको भूल-भूलैयामा फँसेर हामीले प्रकृतिका स्रोतको अत्यधिक प्रयोग गरिरहेका छौँ । जसका कारण वातावरणीय समस्याहरु, जस्तैः प्रदूषण, खडेरी, बाढी, जलवायु परिवर्तन आदि जस्ता समस्याहरु प्रष्ट रुपमा देखिन थालेका छन् । यस्ता असरलाई कम गर्न र वातावरणको गुणस्तर बढाउन हाम्रो क्रियाकलापमा सुधार र व्यवहारमा ... Read More »

नेपाल स्मृति

किरण अधिकारी पूर्बबाट भानुले ओठमा लाली लगाई सकेको थियो, झ्यालबाट आउने प्रकाशका किरणले मेरो अल्छि पनलाई उठाउन मद्दत गर्दै रहेछ । मेरो साथी खड्काजी रात भरी भाडा सफाइ गर्दै पसिना, श्रमसँग केही डलर साटेर कामबाट थकित मुहार लिएर कोटामा टुप्लुक्क आइपुगे । उनले झोला भरी महङ्गा चकलेट अनि हातमा भर्खरै बजारमा आएको स्मार्ट्फोन च्यापेका थिए । केही उत्साहित अनि केही ... Read More »

महंगो अस्ट्रेलियन डलरको प्रभाव

डा. कृष्ण हमाल झन्डै तिस बर्ष भन्दा पहिले अस्ट्रेलियन डलर अमेरिक्न डलर भन्दा महँगो थियो। तर अस्ट्रेलियन सरकारले डेसेम्बेर १९८३ मा अस्ट्रेलियन डलरलाई फ्लोटिङ सिस्टममा राखे पछी अस्ट्रेलियन डलरको भाउ घटेर गयो । १९८०-८१ मा एक अस्ट्रेलियन डलर बाराबर १ डलर १७ सेन्ट्स अमेरिक्न डलर हुन्थ्यो (ग्राफ्-१)। अस्ट्रेलियन डलरलाई फ्लोटिङ सिस्टममा राखेपछी यसको भाउ घट्दै घट्दै गएर सेप्टेमबर २००१ मा ... Read More »

युवा बिदेशीनुको बाध्यता – कस्को जिम्मेवारी ?

डा सावित्रा काफ्ले भर्खरै नेपाललाई माया गर्ने र बिदेशमा हामी बस्नु हुँदैन भन्ने मेरा एकजना मित्रको सोचाईमा यसपटकको नेपाल भ्रमणले एक्कासी परीवर्तन ल्याईदियो । आउँदा आउँदै वहाँले भन्नुभयो, अब म तपाईलाई पढाई सकाएर नेपाल फर्कनुस भन्दिन । बरु यतै काम खोज्नुस, मैले अब नेपाल फर्कनुको औचित्य देखीन । मित्रको आवाजमा नैराश्यता थियो र देश दुखेको पिडा पनि थियो । उता ... Read More »

जेल र त्रासपूर्ण जीवन-भुटानी गाथा

 पदम काफ्ले मुक्तानका घरै मास्तिर सडकका छेवैमा ठूलो चौतारो बनाइएको छ, जसलाई मुक्तानको बस स्टप भनेर चिन्ने गरिन्छ । यो चौतारो नयाँ नभएर पुरानै हो जहाँ स्कुले, पाठशाले र बटुवा थकाई मारी यो बस स्टपबाट आफ्नो गन्तव्यतिर लाग्ने गर्छन् तर केही महिनाबाट स्कुल र पाठशाला बन्द भएकाले यो चौतारोमा आवतजावत कम भएको छ र सुनसानजस्तै भएको छ आजकल , दुईचार ... Read More »