Monday , December 18 2017
Home / Australia / सिड्नीका नेपालीका लागि क्यान्सर जनचेतना कार्यक्रम

सिड्नीका नेपालीका लागि क्यान्सर जनचेतना कार्यक्रम

cancer 2नेप्लिज अस्ट्रेलियन एसोसियसन (एन ए ए)ले क्यान्सर रोग बारे नेपाली समुदयका प्रतिनिधिहरुलाई जानकारी दिन एक दिने कार्यशाला सम्पन्न गरेको छ । यही मे ४ आइतवार सिड्नीको दक्षिण रकडेलमा रहेको सेन्ट जर्ज माइग्रेन्स रिसोर्स सेन्टरमा बिहान १० देखि ११ बजे र दिउस २ देखि ४ बजे सम्म यो कार्यशाला संचालन भएको थियो । एसोसियसनले क्यान्सर काउन्सिल अस्ट्रेलिया सँगको सहकार्यमा यो कार्यशाला संचालन गर्न लागेको अध्यक्ष श्री नापितले जानकारी दिए ।
उक्त कार्यक्रममा मानिसमा हुने ५ प्रकारका क्यान्सरको बारेमा क्यान्सर काउन्सिल अस्ट्रेलियाका सामुदायक बक्ता समेत रहेका श्री नापितले जानकारी दिएका थिए । कार्यक्रममा क्यान्सरबाट प्रवाभित मनिष सुवेदीले आफ्नो भोगाई समुदायका सदस्यहरुमाझ राखेका थिए ।
cancerमहिला तथा पुरुषको विभिन्न अंगमा हुने क्यानसरको पहिचान, लक्षण र बच्ने उपायका साथै क्यान्सर रोगको उपचारको लागि उपलब्ध सेवाहरुको बारेमा पनि सहभागिहरुलाई जनकारी दिइएको थियो । कार्यक्रममा एनआरएन संरक्षक इन्द्रा वन, सचिव रन्जु थापा, अस्ट्रेलिया सचिव भरत पोखरेल, लगायत नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अस्ट्रेलियाको नेपाली समुदायको सबै भन्दा पुरानो यो संस्था नेपाली र अस्ट्रेलियन बीच साँघुको भुमिका निर्वाह गरिरहेको छ ।

Comment