Sunday , November 19 2017
Home / Sports / एन आर सीको बाषिर्क खेलकुद शुरु

एन आर सीको बाषिर्क खेलकुद शुरु

 सिड्नी /नेप्लिज रिक्रियसन क्लब (एन आर सि) को आयोजनामा बाषिर्क खेलकुदको महोत्सव शुरु भएको छ । यही जुलाई २० आइतवार देखि खेलकुदका विभिन्न विदा र उमेर समुहमा प्रतियोगिताहरु शुरु भएको हो । एन आर सीका अध्यक्ष जेबिन श्रेष्ठका अनुसार गल्फ, टेनिस, ब्याटमेनटन र टेवल टेनिस खेलहरुमा यो प्रतियोगिता भैरहेका छन् । यी खेलका प्रतियोगिताहरु फाइभ डक, लिडकम र सिड्नी ओलम्पिक पार्कमा हुने बताईको छ । प्रतियोगिताका बिजयीहरुलाई भब्य सास्कृतिक कार्यक्रम गरेर पुरस्कार वितरण गरिने बताइएको छ ।

उमेर समुहको आधारमा खेलाइने सबै खेलमा बालबालिका र महिला टोली पनि सहभागि भएका छन् । नेपालीहरुमा खेलकुदबाट एकता भातृत्व र सहकार्यबृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको हो ।nrc

Comment