Saturday , December 16 2017
Home / Australia / अमिन दुई हप्ता पछि विवाह गर्दै थिए

अमिन दुई हप्ता पछि विवाह गर्दै थिए

amin sthapit

छुरा प्रहारबाट मृत्यु भएका अमिन स्थापित दुई हप्ता पछि विवाह गर्दै थिए । सिड्नीमा बसेर नर्सिङ पेशा गर्दै आएकी योञ्जन थरकी महिला संग स्थापितको विवाहको कुरा छिनिसकिएको थियो ।  विवाहका लागि नेपालको काठामाण्डौ लाजिप्पाटबाट आफन्तहरु अर्को हप्ता सिड्नी आउदै थिए । सथै साथीहरुले चांडै नै विवाहको पार्टी आयोजना गर्ने पक्का गरिसकेका थिए ।

अस्ट्रेलियाको विभिन्न संचारमाध्यमहरुले फोटो सहित यो समाचारलाई प्राथमिकताका साथ प्रकासित गरेका छन् । न्युज लिमिटेका अनुसार फिलिपिनो केटी जी रेबुकास संग स्थापित फेलापरेपछि उनका केटा साथी रोय अबानालेस टाबालब्यगले स्थापितलाई छुरा घोपेर हत्या गरेका थिए ।  टाबालब्यगले स्थापित संगै प्रेमिकालाई पनि छुरा प्रहारको प्रयास गरेका थिए । अपार्टमेन्टको लिप्ट र फ्लोरमा समेत रगतका टाटाहरु अनुसन्धानको क्रममा प्रहरीले फेलापारेको थियो ।

३० बर्षिय स्थापित केही वर्षअघि अस्ट्रेलिया आएका हुन् । उनी डबल बे को एक प्रसिद्ध होटलमा सेफ पेशामा कार्यरत थिए ।  यसैबिच हत्यारा टाबालब्यलाई प्रहरी हिजो पश्चिम सिड्नीको लोकल कोर्टमा उपस्थित गराएको थियो । अदालतले मागेको धरौटी तिर्न नसकेपछि उनी जेल चलन भएका छन् । आगामि जनावरी १५मा फेरी पारामाटा अदालतमा यो मुद्दाको सुनुवायि हुंदैछ ।

6 comments

  1. Very sad news……having said so….I would like to add this quote “jasto karma testai fal”.

    • Bihe garne nirnaya bhaisakepachhi arki keti saga salkekai bhaye pani marne nai fal paune kukarma chai hoina. Tyo bhanda dherai kukarma garne manchhe haru manchhe haru ghumi rakhekai chhan hamrai waripari.

  2. Nepalese instead showing unity,blaming dead for adultery.he may not be having sex,may be just frens.eventhough he is Nepali,show unity bros.or else next can b you.

  3. It is very sad news…….. but sorry to say this is the result of negativity….. guys learn from this and try to improve yourself.

  4. He shouldn’t be there after all he is going to marry someone.

Comment