Sunday , November 19 2017
Home / Featured News / मेलवर्न विश्व एड्स सम्मेलनमा औषधिको खोजी

मेलवर्न विश्व एड्स सम्मेलनमा औषधिको खोजी

अस्ट्रेलियाको मेलबर्न सहरमा यतिखेर प्राणघातक रोग एचआईभी एड्सको उपचारको खोजी गरिँदै छ । विश्व एचआईभी एड्स सम्मेलनको क्रममा भेला भएका विशेषज्ञ एवं वैज्ञानिकहरूले यस संक्रमणको औषधिका बारेमा परामर्श गरिरहेका छन् ।dcc8f753073bba5de754fcd8ac23de1e982600b8

औषधिले रोग निको हुन नसक्ने भएकोले यस रोगको उपचारको खोजी विश्वव्यापी रूपमा जारी छ । यसपटकको सम्मेलनमा पनि यो रोगको उपचारको बारेमा व्यापक छलफल एवं परामर्श भएको हो । वैज्ञानिकहरूले केही समय पहिला छ एचआईभी संक्रमितमा गरिएको परीक्षणबाट उपचारमा केही सफलता हात लाग्ने देखिएको आशा जगाएका छन् ।

परीक्षण र उपचार विधिलाई ‘किक एन्ड किल’ नाम दिइएको छ । वैज्ञानिकहरूले यस विधिका लागि पनि यसअघिदेखि संक्रमितको आयु बढाउने काममा प्रयोग गरिँदै आएको औषधि एन्टिरेक्टोभाइरलकै सहारा लिइने बताएका छन् । औषधिको माध्यमबाट एचआईभी भाइरललाई बिरामीको रगतको तल्लो तहसम्म ल्याइने र रगतमा रहेका एड्सका ह्युमन इम्युनो डिफिसियन्सी भाइरसलाई एक विशेष प्रकारको थेरापीको माध्यमबाट शरीर बाहिर निकालिनेछ । त्यो थेरापी केही महँगो र जटिल प्रकारको हुने वैैज्ञानिकहरूको भनाइ छ । उनीहरूले यस थेरापी दिनहुँ गर्नुपर्ने र झन्झटिलो भएको भने स्विकारेका छन् । थेरापी रोकेपछि भने एचआईभीका किटाणुहरू पुनः सक्रिय हुने र उनीहरूले थेरापी रोेकेको दुई सातापछिदेखि बिरामीलाई आक्रमण सुरु गर्न सक्ने पनि परीक्षणले देखाएको छ ।

वैज्ञानिकहरूले औषधि उपचारको अनुसन्धान विगत तीन वर्षदेखि निरन्तर गरिरहेका छन् । उनीहरूको यो परीक्षण साइड इफेक्ट गर्न सक्ने प्रकारको भएको पनि उनीहरूकै अनुसन्धानबाट देखिएको छ ।

Comment