Monday , December 18 2017
Home / Featured News / एसिसी यु–१६ प्रिमियर: नेपाल मलेसियालाई ३२ रनले हराउँदै विजेता

एसिसी यु–१६ प्रिमियर: नेपाल मलेसियालाई ३२ रनले हराउँदै विजेता

एसिसी यु–१६ प्रिमियर क्रिकेटको अन्तिम खेलमा नेपालले आयोजक मुलुक मलेसियालाई ३२ रनअन्तरले पराजित गरेको छ। मलेसियाले टस जिती नेपाललाई ब्याटिङमा निम्त्याएको थियो। नेपालले निर्धारित ४० ओभरमा ९ विकेट १ सय ६१ रन जोडेको थियो। प्रत्युत्तरमा १ सय ६२ रनको लक्ष लिएर मैदान छिरेको मलेसिया ३६ ओभरमा अल आउट हुँदै १ सय २९ रनमा सीमित भयो।  को सामना गरिरहेको छ। नेपालले मलेसियाको ८ विकेट लिन सफल भएको छ। मलेसियाले पछिल्लो स्थितिमा ३५ ओभरमा ८ विकेट गुमाई १२२ रन बनाएको छ। Nepal_20140819094434

 

कप्तान वीरनदिप सिंहलाई आउट गरेर विजयतर्फ अगाडि बढेको छ। नेपालले मलेसियाको दोस्रो विकेट पनि लिन सफल भएको छ। मलेसियाले प्रतियोगितामा तीनै खेल जित्दाका म्यान अफ द म्याच वीरनदिपलाई प्रनित थापाले ५ रनमा रन आउट गरे। प्रनितले सिधा थ्रोमा वीरनदिपको विकेट ढालेका थिए।

 

पहिले ब्याटिङ गरेको नेपलाले मलेसियालाई १ सय ६२ रनको चुनौती दिएको छ। किनरारा ओभल मैदानमा भएको खेलमा मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। निर्धारित ४० ओभर खेल्दै नेपालले ९ विकेट क्षतिमा १ सय ६१ रन जोड्यो।  नेपालबाट पवन सर्राफले ४ चौका र २ छक्का प्रहार गरी ४४ रन बनाए । त्यस्तै रवि चन्दले ३४ रनको योगदान दिए।

 

नेपालले मलेसियामै जारी प्रतियोगितामा चार खेल जितिसकेको छ। बहराइनसँग पहिलो खेलमा वर्षाका कारण निराशा भोगेको मलेसिया पनि बाँकी ३ खेल जितेर उपाधि मुखमा उभिएको हो। प्रतियोगितामा सहभागी ६ टोलीले राउन्ड रोबिनमा एकअर्कासँग खेलेपछि विजेता छानिने छ

Comment