Saturday , December 16 2017
Home / Featured News / लण्डनमा नेपाली विद्यार्थी अलपत्र

लण्डनमा नेपाली विद्यार्थी अलपत्र

लण्डनस्थित ग्लीण्डर युनिभर्सिटीको स्पोन्सरमा एल एस बी एफ कलेजमा सिमा कोर्समा अध्ययनरत दर्जनौ नेपाली विद्यार्थी अलपत्र परेका छन ।

युनिभर्सिटी र कलेजबीचको सम्झौता तोडिएपछि ग्लीन्डर फिर्ता बोलाइएका उनीहरुलाई विश्वविद्यालयले लिन अस्वीकार गर्दै देश फर्किन भनिएपछि चार दर्जन बढी नेपाली विद्यार्थी समस्यामा परेका हुन ।

student-protest-in-londonन्युनतम ८० प्रतिशत हाजिरी, पांच वटा विषय उर्त्तिण गरेको नतिजा लगायतका विभिन्न मापदण्ड पुरा गर्न नसकेको भन्दै ती नेपालीसहित झण्डै दुई सय विद्यार्थीको स्पोन्सर युनिभर्सिटीले रद्ध गरिदिएको हो ।

यस विषयमा युके बोर्डर एजेन्सीलाई पनि जानकारी गराइएको भन्दै युनिभर्सिटीले सबै विद्यार्थीलाई ६० दिनभित्र आ आफनो देश फर्किने तयारी गर्न आग्रहसहित इमेल पनि पठाएको छ । इमेलमा युनिभर्सिटीको निर्णयमा कुनै पुनर्विचार हुन नसक्ने र विद्यार्थीहरुलाई यसको विरुद्धमा अपिल गर्ने अधिकार नभएको समेत जानकारी गराइएको छ ।

तर, विद्यार्थीहरुले भने युनिभर्सिटीले सबै विद्यार्थीलाई पठनपाठन गराउन पर्याप्त भौतिक पुर्वाधार नभएका कारण विद्यार्थीका कमजोरी देखाएर निष्कासन गरेको दाबी गरेका छन । बिद्यार्थीसँग तीन वर्षको शुल्क सुरुमै एकैपटक लिएर नियोजित रुपमा विश्वविद्यालयले ठगी गरेको आरोप लगाएका छन । उनीहरुमध्ये धेरैले सातदेखि आठ हजार पाउण्डसम्मको शुल्क बुझाएका थिए ।

अन्यायविरुद्ध अदालतको ढोकामा 

झण्डै तीन वर्ष लामो सिमा कोर्सको अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई एक वर्ष पनि पुरा नहुँदै देश फर्किन भनिएपछि पिडित विद्यार्थीहरु यतिबेला आन्दोलित भएका छन । उनीहरुले युनिभर्सिटीले व्यापारिक स्वार्थका लागि आफुहरुलाई अलपत्र पारेको भन्दै ग्लीन्डरविरुद्ध हाई कोर्टमा मुद्दा दायर गराएका छन ।

सो मुद्दामा सोमबार भएको प्रारम्भिक सुनुवाइपछि विद्यार्थीहरुलाई अध्ययन पुरा नहुंदै देश फ

Comment