Thursday , December 14 2017
Home / Nepal / नेपाल द्वारा डेनमार्क ५ विकेटले पराजित

नेपाल द्वारा डेनमार्क ५ विकेटले पराजित

THT1A9BE4FF_5thCricket

युएईमा संचालन भइरहेको आइसीसी ट्वान्टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले डेनमार्कलाई ५ विकेटले पराजित गरेको छ । बुधबार टस जितेर पहिले ब्याटिङ गरेको डेनमार्कले १९.४ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो |

नेपालको सुरुवात पनि खराब रह्यो तर कप्तान पारस खड्काको आक्रामक ब्याटिङको मद्धतमा नेपालले १३.१ ओभरमा जित हासिल गर्न सफल भयो |

ओपनर ब्याटसम्यान प्रदिप ऐरी र उपकप्तान ज्ञानेन्द्र मल्ललाई खाता नै नखोलि गुमाएको नेपालको इनिङ कप्तान पारस खड्काले सम्हालेका थिए । उनले आक्रामक पारी खेल्र्दै ५ छक्का र १ चौकाको मद्दतले ३४ बलमा ४८ रन बनाए । उनले सुवास खकुरेलसंग ६७ रनको साझेदारि गरे | सुबासले २८ बल खेल्दै १७ रन बनाउन सफल भए | पारस खड्काको विकेट संगै नेपालले छिट्टै तीन विकेट गुमाए पनि शरद भेषावाकर ५ तथा सागर पुन २ रनमा नटआउट रहेर नेपाललाई १३.१ ओवरमा बिजयी दिलाए ।

नेपाली बलरहरु हाबी रहेको खेलमा डेनमार्कको ब्याटिङ लाइन धरासायी पार्ने क्रममा सागर पुनले ३ विकेट लिए भने बसन्त रेग्मी तथा जितेन्द्र मुखियाले २/२ विकेट लिए । यसैगरी शक्ति गौचन र कप्तान पारस खड्काको नाममा १/१ विकेट रहृयो । डेनमार्कका कुनै पनि ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् |

नेपालको भोलिको खेल केन्यासँग स्थानीय समय अनुसार १० बजे हुनेछ |

2 comments

  1. NepaliCricketLover

    Good lick Nepal Best of luck for rest of the matches.
    I think we are much more dependent on Paras Khadka wchich is not good I guess.

  2. Nepal is going good, Nepal will top this group.
    Nepal Rocks….

Comment