Monday , October 22 2018
Home / Featured News / ट्वान्टी २० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई ९ रनले हरायो

ट्वान्टी २० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई ९ रनले हरायो

रोमाञ्चक खेलमा नेपालले अफगानीस्तानविरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ । टी२० विश्वकपको समूह चरणको तेस्रो खेलमा नेपालले अफगानीस्तान विरुद्ध ९ रनले विजयी भएको हो । क्रिकेट प्रतियोगितामा नेपालले वान डे मान्यता पाएको अफगानीस्तानलाई हराएको यो पहिलो पटक हो । यसअघि खेलेका ६ खेलमा नेपाल निराश बनेको थियो ।e51f3482-6412-49e1-a00c-5fcf48deb8d0_400

सुबास खकुरेलको ऐतिहासिक अर्धशतकसँगै १४१ रन जोडेको नेपालको लागि दोस्रो इनिङमा जितेन्द्र मुखियाले उत्कृष्ट बलिङ गरे । चार ओभर बल फ्याक्दै उनले १८ रन खर्चेर ३ विकेट लिए । जितेन्द्र रोमाञ्चक खेलको म्यान अफ दी म्याच भए । ५६ रन बनाएका सुबासले विश्वकप प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडि बन्ने सौभाग्य पाए ।

अफगानीस्तानलाई हराएपछि नेपालको समूह चरणमा चार अंक सहित दोस्रो स्थानमा छ । नेपाल र अफगानीस्तानलाई हराएको बंगलादेश रनरेटका आधारमा पहिलो स्थानमा छ । प्राय कप्तान पारस खड्काको व्याटिङमा निर्धर रहने नेपाली टोलीले आज आफू स्तरीय रहेको प्रमाणित गरेर देखायो । कप्तान पारस खड्का ५ बल खेलेर १ रन मात्रै बनाएर आउट हुँदा शरद् भेषवाकर र सुबासले उत्कृष्ट पारी खेले ।

सुबासले आजको खेलको एक मात्र छक्का प्रहार गर्दै ५६ रन बनाए । ५३ बल सामना गर्दा उनले ६ चौका प्रहार गरे । शरद् भेषवाकरको खातामा ३७ रन रह्यो । उनले ३२ बल खेल्दै ५ चौका प्रहार गरे । उपकप्तान ज्ञानेन्द्र मल्ले आक्रामक पारी खेले । उनले १३ बलमा ३ चौकासहित २२ रनको योगदान दिए ।

आजको खेलमा नेपालले ओपनर सागर पुनलाई चौथो ओभरमा गुमाएको थियो । ८ रन बनाएका सागर दौलत जर्दनको बलमा क्याच आउट भए । जुन बेला नेपालको १९ रन मात्रै थियो । उपकप्तान मल्लको आक्रामक व्याटिङपछि नेपालको रनरेट सुधि्रएको थियो ।

नेपालको लागि शक्ति गौचन र सोमपाल कामीले २-२ विकेट लिए । बसन्त रेग्मीले १ विकेट लिए । सागर पुनले पनि आजको खेलमा उत्कृष्ट बलिङ गरे । ३ ओभर बलिङ गर्दा उनले १० रन मात्रै खर्चे ।

 

Comment