Sunday , June 24 2018
Home / Featured News / सभासद्‌द्वारा पद तथा गोपनीयताको सपथ

सभासद्‌द्वारा पद तथा गोपनीयताको सपथ

 संविधानसभाका नवनिर्वाचित सभासदले मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन्। संविधानसभाका जेष्ठ सदस्य सूर्यबहादुर थापाले नयाँ बानेश्वरमा रहेको संविधानसभा भवन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित विशेष समारोहमा सभासदलाई सपथ गराए।images-cms-image-000001981

मंगलबार मध्यान्हमा भएको सपथ कार्यक्रममा थापाले सभासद्‌हरुलाई ईश्वरको नाममा सपथ गराए। ४४ जना सभासदले मातृभाषामा सपथ लिए। सपथमा एमाले र कांग्रेसका अधिकांश सभासद् राष्ट्रिय पोशाक दौरासुरुवालमा सहभागी भएका थिए।

संविधानसभाको पहिलो बैठक बुधबार दिनको तीन बजे बस्नेछ। सरकारले मनोनित गर्ने २६ सभासदको भने टुंगो लागेको छैन। अन्तरिम मन्त्रिपरिषद वा नयाँ सरकार कसले मनोनयन गर्ने भन्नेमा दलहरुबीच विवाद छ।

Comment