Monday , July 23 2018
Home / Featured News / आइसिसी विश्वकप क्रिकेटको छनौटका लागि टोलीको घोषणा

आइसिसी विश्वकप क्रिकेटको छनौटका लागि टोलीको घोषणा

आइसिसी विश्वकप क्रिकेटको छनौट चरणका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली टिमको घोषणा गरेको छ ।युएईमा भएको ट्वान्टी–ट्वान्टी विश्वकप छनौट प्रतियोगितामा तेश्रो हुँदै विश्वकपमा छानिएको टोलीमा २ परिवर्तन गर्दै क्यानले ५० ओभरको विश्वकप छनौटका लागि टोलीको घोषणा गरेको हो ।Team-Nepal

काठमाडौंमा भएको जर्नी टु वर्ल्ड कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको बलर सोमपाल कामी टोलीमा परेका छन् । गुल्मी पुर्ख्यौली घर भएका सोमपाल कामि तीन वर्षको उमेरमा परिवारसँगै भारतको पञ्जाबस्थित पटियाला पुगेका थिए |त्यतै स्थानीय स्तरमा क्रिकेट खेल्ने सोमपाल उनको फेसबुक मित्र र नेपाली क्रिकेट फ्यान क्लबको सक्रियतामा ४ महिना अघि मात्र भारतबाट काठमान्डू आएका हुन् |

चोटका कारण ट्वान्टी–ट्वान्टी छनौट नखेलेको पृथु बास्कोटाले पनि टिममा स्थान बनाएका छन् ।

ट्वान्टी–ट्वान्टी टोलीमा रहेका राहुल बिक र अमृत भट्टराई भने यो पटक बैकल्पिकमा परेका छन् । आइसिसीको आयोजनामा न्यूजिल्याण्डमा जनवरी १३ देखि फ्रेबु्रअरी १ सम्म विश्वकप छनौट हुँदै छ ।

विश्वकप छनोटको तयारीका लागि नेपाली टोली श्रीलंका जानेछ । डिसेम्बरमा १७ मा श्रीलंका जाने नेपाली टोलीले १० दिन त्यहाँ विताउनेछ । चार वटा अभ्यास खेल हुने तय भएपनि कस्तो टोलीसँग भन्ने अझै निधो भएको छैन ।

१० टिम सहभागी रहने यो छनौट प्रतियोगितामा नेपाल, युएई, हङकङ, स्कटल्याण्ड र क्यानडा रहेको समूह एमा छ । समूह बीमा भने नेदरल्याण्ड, केन्या, नामिविया, पपुवान्यूगिनी र युगाण्डा छन् । यो प्रतियोगिताको फाइनलमा पुग्ने २ टोलीले विश्वकपका लागि छनौट हुँदै ४ वर्षका लागि एक दिवसीय मान्यता पाउने छन् भने तेश्रो र चौथो हुने टोलीले ४ वर्षका लागि एक दिवसीय मान्यता पाउने छन् ।

छनौट भएका खेलाडीहरुः

१. पारस खड्का – कप्तान        २. ज्ञानेन्द्र मल्ल –उप–कप्तान    ३. शरद भेषावकर
४. सोमपाल कामी                  ५. शक्ति गौचन                      ६. वसन्त रेग्मी
७. प्रिथु बा“स्कोटा                   ८. विनोद भण्डारी                    ९. प्रदीप ऐरी
१०. अनिल मण्डल                 ११. सागर पुन                       १२. जितेन्द्र मुखिया
१३. महेश क्षेत्री                      १४. सुवास खकुरेल                 १५. अभिनाश कर्ण

बैकल्पिक खेलाडीहरुः

नरेश बहादुर बुढाऐर        रामनरेश गिरी         अमृत भट्टराई        राहुल वि.क.

Comment