Monday , December 18 2017
Home / Australia / अस्ट्रेलिया ब्यापि खेलकुद प्रतियोगिता हुने

अस्ट्रेलिया ब्यापि खेलकुद प्रतियोगिता हुने

नेप्लिज रिक्रियसन क्लबले अस्ट्रेलियाका विभिन्न राज्यमा बसोवास गर्ने नेपालीहरुको सहभागितमा खेलकुद प्रतियोगिता गर्ने भएको छ । गल्फ, टेनिस, ब्याटमेनटन र टेवल टेनिसगरि चारवटा विधामा प्रतियोगिता हुन लागेको हो । क्लवका अध्यक्ष विष्णु हमालका अनुसार ब्याटमेनटन र टेवल टेनिस सिड्नी ओलम्पिक पार्कमा हुने छ भने गल्फ र टेनिस चासवुड र नर्थ राइडमा हुदैछ । यो प्रतियोगितामा भागलिन भिक्टोरिया, क्विन्सल्याण्ड, वेस्टर्न अष्ट्रेलिया र राजधानी क्यानवेराबाट सहभागिहरु सिड्नी आउंदै छन् ।

NRC soprtप्रतियोगिताको अन्तिम दिन डिसेम्वर २९ मा पिटरश्याम टाउनहलमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने हमालले सिमापारी डटकमलाई बताए । उमेर समुहको आधारमा खेलाइने सबै खेलमा बालबालिका र महिला टोली पनि सहभागि हुन पाउने छन् । प्रतियोगिता २७ डिसेम्वर बाट शुरु हुंदैछ । नेपालीहरुमा खेलकुदबाट एकता भातृत्व र सहकार्यबृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको हो ।

Comment