Tuesday , December 12 2017
Home / Australia / अष्ट्रेलिया गणतन्त्रमा जानु पर्छ: गभर्नर जनरल

अष्ट्रेलिया गणतन्त्रमा जानु पर्छ: गभर्नर जनरल

2

तस्पिर साभार एसविएस

अष्ट्रेलियन गभर्नर जनरल क्विन्टिन ब्राइस गणतन्त्र सम्बन्धि विवादास्पद भनाइका कारण अहिले चर्चामा छिन । हिजो सिड्नीमा आयोजित एक कार्यक्रममा बोल्दै ब्राइसले अष्ट्रेलिया गाणतन्त्रमा जान उपयुक्त हुने विचार राखेकी थिएन । बेलायतको माहारानिको प्रतिनिधिको रुपमा अष्ट्रेलियको राष्ट्र प्रमुख समेत रहेकी ब्राइस ले कार्यकाल सकिन केही महिना मात्र बांकी रहदा यो विवादास्पद भनाई राखेकी हुन् ।

साथै उनले समलिङ्गी विवाहको समर्थनमा बोल्दै सरकारले कानुन बनाएर यो मुद्दाको कार्यान्वयन गर्न पर्ने विचार राखेकी थिइन । आफ्नो मन्तब्यमा ब्राइसले भनिन् “नागनिक आफूले चाहेको र माया गर्नेसंग विवाह गर्न स्वातन्त्रता छ ।”

उनको यो भनाईको अष्ट्रेलियाका गणतन्त्रवादीहरुले स्वागत गरेका छन् । अष्ट्रेलियाको गणतन्त्रवादी आन्दोलनका अगुवा जेफ ग्यालोपले उनको यो भनाइको स्वागत गर्दै राष्ट्र प्रमुखले निकै नै प्रभावकारी संदेश दिने भनाई राखेको बताए । ग्यालोपले थपे “बेलायत अष्ट्रेलियाको असल मित्र हो तर अब हामी बराबर हैसियतका भएका छौ । हाम्रो बेग्लै पहिचान, स्वतन्त्रता र सम्मनको लागि यो अपरिहार्य छ ।”

टोनी एर्वट सरकारले भने गभर्नर जनरल क्विन्टिन ब्राइसलाई राजिनामा गर्न लगाउने रणनीति बनाएको यहां मुल प्रवाहका संचारमाध्यमहरुले लेखेका छन् । अब हेर्न बांकी छ बर्षौ अघि अष्ट्रेलियामा शुरु भएको गणतन्त्रको वहस कहिले सम्ममा कार्यन्वयन हुने हो ।

4 comments

  1. Wonder why Canada, Australia, NZ and other countries are hanging to distant Monarchy, while we in Nepal fear self exiled Monarch, and fall to the conspiracy-some left shouting Grand Design and some are chanting it. General populace hog washed to believe the root of all ills was in the system, while to the standing tall to the dwarfing politicos, nation chant for it.

  2. Governer didnot said ganatantrama janu parcha. She indicated one day someone ‘may’ become the head of the country. So title milena. Kahabata sucha yesta patrakar haru. Nalayak

  3. They are diplomats so they don’t say things directly we have to understand what they are hinting to say. And its means a lot when Governer General “indicates”. So mate, if you do not get it and expected it in plain simple words then you are too young to understand politics and diplomacy

  4. Tyo patrakarle dherai bujhecha! Diplomatnai ho ki k ho? Ani arko diplomatic bhasa bhujnele explain gardai cha! Check dictionary for will and may. And listen to what she said again.

Comment