Tuesday , December 12 2017
Home / Australia / ६ एकान ६ अष्ट्रेलियामा

६ एकान ६ अष्ट्रेलियामा

सिड्नी/ छिल्लो पटक नेपाली सिने बजार मा राम्रो कारोबार गर्न सफल चलचित्र ६ एकान ६ अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । अस्ट्रेलिया एजुकेसन तथा प्यासिफिक हिमालय मनी ट्रान्सफर को आयोजना तथा खुकुरी नेप्लिज क्लब र असमाण्डुको सहकार्यमा हर्सभिलको सिभिक थिएटरममा आगामी फेब्रुअरी २२, २३ र २४ मा पदर्शन हुने बताइएको छ ।1891063_633160473405215_2032798942_n आयोजक भूपाल सिटौलाका अनुसार , सिड्नी, मेलबर्न, बि्रसबेन, एडिलेट र पर्थमा चलचित्र प्रदर्शन गर्ने लक्ष्य लिएको छ । हास्य र सामाजिक कथा बोकेको यो चलचित्रका अधिकांश कलाकारहरु हास्य व्यङ्ग्य क्षेत्रमा क्रियाशील छन् ।

कीर्तिमान बनाउादै ६ एकान ६

हजुर बुवा मर्नुअघि गतिलो श्रीमान्को खोजीमा हिाडेकी एउटी युवतीले खोजीका क्रममा फेला पारेका ६ जना युवाहरु र युवतीले गरेको हृदयंगमको कथा बोकेको ‘६ एकान ६’ अहिले नेपाली सिनेमा घरहरुमा कीर्तिमान कायम गर्दै अघि बढ्न थालेको छ । नेपाली सिनेमा घरहरुमा मल्टिप्लेक्समा समेत तेस्रो सातामा फिल्म चलेपछि यसका निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाको खुसी हेर्न लायक बन्न पुगेको छ । दिनदिनै फेसबुकमार्फत् प्रचार मा जुटेको दीपक र दीपाको यो जोडीले सलमान खानको ‘जय हो’लाई समेत पछार्दै राम्रो व्यापार गरेपछि अहिले सबैको ध्यान ‘६ एकान ६’तर्फ मोडिएको हो ।

कतिसम्म भने, नेपाली प्रमुख पत्रिकाहरुले समेत यसलाई प्रथम पृष्ठमा ठाउा दिएका छन् । फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरी भन्छन्, “मिहिनेत गर अनुसार को फल दर्शक महानुभावहरुले दिनु भएको छ र यसबाट हामी अत्यन्तै हर्ष छौ।” उनले मिडियाबाट पाएको सफलताका लागि पनि कृतज्ञता व्यक्त गरेका छन् । पछिल्लो तथ्याङ्कअनुसार फिल्मले नेपालभर बाट डेढ कर ोडभन्दा बढ्ता सङ्कलन गरेको छ ।

Comment